काठमाडौं । डाक्टरका अनुसार जाडोमा न्यानो बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणको धेरै प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्ने
लामो समयसम्म यस्ता उपकरणहरूको प्रयोग गर्दा शरीरमा पानीको कमी हुने र कोठा सुक्खा हुने हुँदा श्वासप्रश्वास र निसासिने लगायतका समस्या देखिन सक्छ ।
विद्युतीय उपकरणहरू हावा ओहोरदोहोर गर्ने ठाउँमा राख्न र उपकरणको प्रयोग बढीमा एक घण्टासम्म मात्र गर्नुपर्छ । साथै दम र एलर्जी भएका व्यक्तिहरूलाई हिटरको प्रयोगले श्वासप्रश्वाससम्बन्धी समस्या थप बढ्न सक्ने छ ।
विद्युतीय उपकरणले जलन र दुर्घटनाको जोखिम पनि निम्त्याउन सक्ने भएकाले बालबालिका र जेष्ठ नागरिकलाई यस्ता उपकरणहरूबाट टाढा राख्नुपर्छ ।
अत्यधिक प्रयोग हुने हुदाँजाडोमा विद्युतीय उपकरणकोसावधानी अपनाउन पर्ने