fbpx

प्रश्तावित विद्यालय शिक्षा ऐन बिरुद्ध शिक्षक आन्दोलनमा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं I शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 


नेपाल शिक्षक महासंघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २८ देखि लागू हुनेगरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यामिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार लगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग प्रश्तावित ऐनले सम्बोधन नगरेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन् । महासंघका महासचिव लक्ष्मीकीशोर सुवेदीले सरकारका प्रतिनिधिहरुले आफूसँग छलफल नै नगरी मस्यौदा ल्याएको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले अहिले सार्वजनिक भएको ‘विद्यालय शिक्षा ऐन २०८०’ ले प्रवन्ध गरेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वभिमानको बिरुद्धमा रहेको बताउनु भयो । 


महासचिव सुवेदीले भन्नुभयो, ‘आधिकारिक रुपमा नेपाल सरकारले सरोकारवालाहरुबीच मस्यौदाउपर छलफल नगरेको गुनासो गरेका छन् । नेपाल शिक्षक महासंघसँग पनि यस विषयमा कुनै छलफल भएको छैन । सार्वजनिक भएको मस्यौदा माथि हामीले टिप्पणी गरेका छौं । यो मस्यौदा आम नेपाली शिक्षक कर्मचारीको र नेपालको शिक्षा विकासको पक्षमा नकारात्मक असर पार्ने खालको छ । शिक्षकको हकहीतलाई सस्बोधन गर्ने गरी अविलम्व शिक्षा ऐन जारी गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

सरकारलाई दबाब दिन आन्दोलन शुरुवात गर्ने निर्णय गरेका छौं । यस मस्यौदाले शिक्षक महासंघ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सहमतिलाई समग्रमा समेट्न सकेको छैन । त्यसैगरी स्थायी, अस्थायी करार, राहत, साविक उ.मा.वि., बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार लगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग मुद्दाको यथोचित सम्बोधन यसले गर्न सकेको छैन । वि.सं. २०७५ तथा त्यसपछि स्थायी भएका शिक्षकहरुलाई पेन्सन प्रयोजनमा यस मस्यौदाले अन्याय गर्न खोजेको छ । यसरी शिक्षण पेशाप्रतिको आकर्षण र सम्मानमाथि यस मस्यौदाले नियोजित ढङ्गबाट प्रहार गरेको छ ।’

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले प्रश्तावित मस्यौदामा सम्बन्धित स्थानीय तहको वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने अधिकार विद्यालयको हकहीतका लागि नहुने बताउनु भयो । उहाँले सरकारले ट्रेड युुनीयनको अधिकार हनन गर्न खोजेको बताउनु भयो । शिक्षकलाई दुःख दिँदैमा शिक्षाको गुणस्तर नसुध्रिने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अझै ज्यादती हुनेवाला छ ।

विद्यालय व्यवस्थापन समितिमा वडाध्यक्ष वा वडाध्यक्षले तोेकेको मान्छे । शिक्षकलाई राजनिति गर्नुहुँदैन भन्ने । सोझै राजनिति चाहीँ कसले गराउने । जनप्रतिनिधि राजनितिक दलका हुन् की होइनन् । साँच्चिकै अभिभावकले मात्रै विद्यालय व्यसवस्थापन समितिको अध्यक्षमा बस्न पाउनुपर्र्छ भनेर हामीले भनेका छौं । सरकारले एउटा भन्छ अर्र्को गर्दै आएको छ । सरकारले ट्रेड युनियनको अधिकार हनन गर्न खोज्दैछ । शिक्षकलाई तह लगाउँदैमा, सरुवा गर्दैमा शिक्षा सुध्रिने हो र ? ’


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन