काठमाडौं । संसदको अधिवेशन सुरु भएको दिन संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्ने अभ्यास छ । तर आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्नुभएन।
रास्वपाका सांसदहरुको बहिष्कारका बाबजुद संसद बैठक सञ्चालन गरेका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोल्ने समय दिनुभयो । उहाँले बोलिसकेपछि संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुभयो ।
देउवाले बोलेपछि तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने अनुमान थियो । तर सभामुख घिमिरेले दलगत रुपमा बोल्न समय निर्धारण गरिएको भन्दै एमाले सांसद योगेश भट्टराईलाई सम्बोधन गर्न समय दिनुभयो । भट्टराई बोलिसकेपछि माओवादी केन्द्रको तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले सम्बोधन गर्नुभएको छ ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भन्नुभयो आज सत्ता पक्षलाई मात्र बोल्ने भनेर अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएन ।’ मल्लका अनुसार प्रचण्डले अब अर्को बैठक ९माघ २४ गते०को बैठकमा सम्बोधन गर्नुहुने छ ।