काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
उक्त रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।
आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै उहाँले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियमे ।
उहाँले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो ।