काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा भारतले २ सय ६७ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको पाल्लिकेमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले २ सय ६६ रन बनायो ।
भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले शर्मा र कोहली विकेट लिएका हुन् । त्यस्तै हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए ।
उनले शुभमन गिललाई १० रनमा आउट गरे । सुरुवातमा प्रमुख चार खेलाडी आउट भएपछि केहि दबाबमा परेको भारतका लागि ईसान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले ।
एसिया कप क्रिकेटक्रिकेटमा भारतले दियो पाकिस्तानलाई २६७ रनको लक्ष्य