fbpx

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं I पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सरकारी जग्गा हिनामिना प्रकरणमा दोषी ठहर गर्दै अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ। उनकी पत्नी बुशरा बीबीलाई पनि सोही प्रकरणमा दोषी ठहर गर्दै ७ वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूलाई राज्यकोषबाट ५० अर्ब पाकिस्तानी रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो।

अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर जावेद राणाको नेतृत्वमा भएको फैसलामा इमरानलाई १४ वर्ष र बुशरालाई ७ वर्षको जेल सजायँ तोकिएको हो। यो मुद्दाको सुनुवाइ यसअघि तीन पटक स्थगित भएको थियो। अदालतको फैसलापछि उनीहरूलाई पुनः जेलमा पठाइएको छ।

अदालतले इमरानलाई १० लाख र बुशरालाई ५ लाख रुपैयाँ जरिवाना पनि तोकेको छ। जरिवाना नतिरे उनीहरूले थप ६ महिना जेल सजाय भोग्नुपर्नेछ।

सरकारको आरोप अनुसार, प्रधानमन्त्री बनेपछि इमरान खानले रियाजलाई सम्पत्ति शुद्धीकरण मुद्दाबाट छुटकारा दिलाउन राज्यकोषबाट ५० अर्ब रुपैयाँ हिनामिना गरेका थिए। यो रकम लण्डनबाट पाकिस्तान फिर्ता गरिएको थियो। इमरानले उक्त रकम मन्त्रिपरिषदलाई जानकारी नगराई आफ्नो पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)को खातामा गोप्य तरिकाले पठाएको आरोप लागेको छ।

इमरानले अल कादिर ट्रस्ट स्थापना गरी त्यसमार्फत अल कादिर विश्वविद्यालय बनाएका थिए। विश्वविद्यालयका लागि अरबौं रुपैयाँको जग्गा व्यवसायी रियाजले दिएको र बुशरालाई हिराको औंठी उपहार दिएको आरोप पनि लागेको छ। रियाजविरुद्धका मुद्दा खारेज गराएको आरोप इमरानमाथि लागेको हो।

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले भने, “यस प्रकरणले सरकारी ढुकुटीमा ५० अर्ब रुपैयाँ नोक्सान पुर्याएको छ। चार वर्ष बितिसक्दा पनि विश्वविद्यालयमा केवल ३२ जना विद्यार्थी मात्रै छन्।”


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.३८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन