fbpx

छुवाछुत कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्षलाई कैद

author

समाचारपाटी

११ महिना अगाडि

कास्की । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय दुर्व्यवहारको आरोपमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैस‍ला सुनाएको हो । फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।

अधिकारीले साढे ४ महिना कैद र ७५ हजार जरिबाना र १० हजार रुपैयाँ पीडित महिलालाई क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ । जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लागेर २०७९ माघ ९ गते १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुट्नुभएको थियो ।

अधिकारीमाथि पोखरा वडा नम्बर २४ का वडा सदस्य मैया नेपालीले जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लगाउनु भएको थियो । वडा सदस्य नेपालीले वडा अध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै ०७९ पुस २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराउनुभएको थियो ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने