नाबालिकालाइ घरमै बोलाएर बलात्कार गर्ने आरोपीलाइ कारागार चलान

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा बारा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आदेश अनुसार प्रहरीले उनलाई वीरगञ्ज कारागार चलान गरेको छ ।

कारागार चलानसँगै वडा अध्यक्षको पद स्वतः निलम्बित भएको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताउनुभयो । थुनामा रहँदासम्म उनी निलम्बित रहने कानूनी व्यवस्था छ ।

पहिलो सुनुवाई हुँदा थुनछेक बहसको क्रममा कसुरदार देखिएकोले हाललाई पुर्पक्षमा पठाउने आदेश भएको बताए ।

६ नम्बर इजलाशकी न्यायाधीस तारादेवी महर्जनको आदेशले अभियुक्त श्रेष्ठ थुनामा गएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले अभियुक्त श्रेष्ठलाई कसुर गरेअनुसारको १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपुर्ती भराउने माग दाबी गर्दैै अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । बलात्कार आरोप लागेका अभियुक्त श्रेष्ठ तीन महिनादेखि फरार रहेका थिए ।

गत असोज १९ गते छिमेककी १४ वर्षिय एक किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लगाउदै पीडित किशोरीले असोज २५ मा उनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले किशोरीको असोज २५ नै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराइ जबर्जस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीका अनुसार आरोपित श्रेष्ठले बाहिर बस्दा पनि असुरक्षित महसुस गरेर पुष १६ मा आफैँ प्रहरीको सम्पर्कमा आएका थिए ।

श्रेष्ठलाई हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निजगढ प्रहरीले अदालतबाट ३ पटकसम्म म्याद पाएको थियो ।

श्रेष्ठको अनुसन्धानमा पहिलो पटक ७ दिन, दोस्रो पटकको लागि १० दिन र तेस्रो पटक ६ दिनको म्याद पाएको प्रहरीले अनुसन्धान प्रक्रिया टुङ्ग्याएर सरकारी वकिलको कार्यालयमार्फत श्रेष्ठलाई सोमबार अदालतमा पेस गरेको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान