fbpx

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित  १० जना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । अवैध लागूऔषधसहित  १० जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ। झापाको मेचिनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने २२ वर्षीय अजय राजवंशी र सोही नगरपालिका-१२ बस्ने २२ वर्षीय समिर धिमाल रहेका छन्। प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

यसैगरी सुनसरीको वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९२ एम्पुल र डिकोलिक १ सय ९२ एम्पुलसहित धरान उपमहानगरपालिका-१० बस्ने १९ वर्षीया श्रदा क्षेत्री, २३ वर्षीय किसन राई, १५ वर्षीय किशोर र १७ वर्षीय किशोरलाई बुधबार पक्राउ गरेको छ। 

यसैगरी अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीले धरान भोटेपुलमा होटल संचालन गरी बस्ने झापा, झापा गाउँपालिका-६ घर भएका ६४ वर्षीय दिल बहादुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिवन १ सय ट्याब्लेटसहित पक्राउ गरेको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका-६ हात्तीबोझाबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ३ ग्राम ३० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-४ खुरखुरिया बस्ने २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका-७ देवहरिया बस्ने २३ वर्षीय रेशम राना रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ४०२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवर उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। 

यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिका-१० पशुपति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८३ मिलिग्रामसहित डडेल्धुरा गन्यापधुरा गाउँपालिका-६ घर भएका २३ वर्षीय प्रकाश नेपालीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

onlinekhabar


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक