काठमाडौं । गत बर्सको शिर्ष उपाधि पनि आई आई एफ्टी स्कूल ओफ फेसन डिजाइन कै स्यामुअल अर्कानसास बिजय प्राप्त गरेको फेशन डिजाइनको प्रतिस्पर्धात्मक प्रतियोगिता ‘नेशनल डिजाईनर रनवे–२०२३’को शीर्ष उपाधि यस वर्ष पनि आई आई एफ्टी स्कूल ओफ फेशन डिजाइन बाट अध्यापन गर्नुभएका बिप्लवराज नाग नहरले जित्नुभएकाे छ ।

शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगिताको फाइनलमा विभिन्न फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएका थिए । उनीहरुको प्रस्तुतीका आधारमा विजेता घोषणा गरिएको हो । नाग नहरले शीर्ष उपाधी हात पार्दा आई आई एफ्टी कै सावित्रीदेवी राईले फस्र्ट रनरअप र सरला डंगोलले सेकेण्ड रनरअप तथा बर्षा पन्त मस्ट पपुलरको सवटाइल पाउन सफल भएका छन् ।

उपाधी विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु निशा श्रेष्ठ, रश्मी तण्डुकार, रजनी तुलाधर, सशीला वन्त, दीपक घिमिरे र आयोजक संस्था मोडल सङस् नेपालका सिईओ डेभिलसिंह राजपुतले पुरस्कृत गरेका थिए ।
रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन उक्त प्रतियोगिताको निर्देशक स्वस्ती दंगाल र कार्यक्रम निर्देशक र परमानन्द चौधरी एवम् सोमराज बाँस्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए ।