fbpx

आईसीसी महिला टी-२०:-नेपाल थाइल्याण्डसँग पराजित

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन ।

थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो । नेपालका लागि कविता कुँवर अविजित रहँदै सर्वाधिक १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३-३ विकेट लिइन् । नातया बुताथमले २ विकेट लिइन् । त्यसअघि बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

सुरूमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक मद्दतमा सय रन कटाएको थियो । नानापात बोङ्खारोएन्काईले ६३ बल खेल्दै ४ चौका मद्द तमा अविजित ५९ रन बनाइन् ।

खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन्। तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्थमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए । चान्थमले ३१ रन बनाइन् । नेपालक लागि कविता र पुजाले समान एक विकेट लिए ।


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन