fbpx

विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर-८ मा पुग्ने टोलीलाई २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर थियो । समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर-८ को सम्भावना समाप्त भएको हो ।

भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर-८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् । आईसीसीको टी-२० आई वरीयतामा नेपाल १८औं स्थानमा छ । वरीयताबाट पनि सोझै विश्वकप खेल्ने सम्भावना नभएसँगै नेपालले एसिया छनोट खेल्नेछ ।

हालसम्म टी-२० विश्वकप २०२६ सोझै खेल्ने ७ टोलीको टुङ्गो लागेको छ । भारत र श्रीलंका आयोजक हुँदा सोझै पुगेका छन् । त्यसपछि सुपर ८ मा पुगेका अमेरिका, अफगानिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज, दक्षिण अफ्रिका पनि सोझै छनोट भएका छन् । अब इंग्ल्यान्ड, नेदरल्यान्ड्स, बंगलादेश र स्कटल्यान्डमध्ये दुई टोली सोझै विश्वकपमा पुग्नेछन् ।

आईसीसी टी-२० आई वरीयतामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, वेष्टइण्डिज तेस्रो, इंग्ल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, न्युजिल्यान्ड छैटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान दशौं, आयरल्यान्ड ११ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् । सुपर ८ मा पुग्न नसके पनि न्युजिल्यान्ड र पाकिस्तान वरीयताको आधारमा टी-२० विश्वकपमा पुग्ने लगभग पक्का छ ।

अमेरिका हालसम्म २०२६ को टी-२० विश्वकपमा सोझै छनोट हुने एक्लो एशोसिएट टोली हो । समूह ए मा ४ खेलमा ५ अंकका साथ सुपर ८ मा स्थान बनाउँदै २०२६ को विश्वकपमा पुगेको हो । समूह ए बाट भारत र अमेरिका सुपर-८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया पुगेको छ । इंग्ल्यान्ड र स्कटल्यान्ड त्यसको दौडमा छन् । इंग्ल्यान्ड ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल आज राति इंग्ल्यान्डले नामिबियासँग खेल्छ । उता स्कटल्यान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्डले भोली अष्ट्रेलियासँग खेल्नेछ ।

स्कटल्यान्ड विजयी भएमा इंग्ल्यान्डलाई पछि पार्दै सुपर ८ खेल्नेछ । अष्ट्रेलिया विजयी हुँदा र अन्तिम खेलमा इंग्ल्यान्डले नामिबियालाई हराउँदा नेटरनरेटका साथ सुपर ८ मा पुग्ने देखिन्छ । यदि सुपर ८ मा पुग्न नसके इंग्ल्यान्ड वरीयताको आधारमा विश्वकप खेल्ने पक्का छ ।

समूह डी मा बंगलादेश ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । आइतबार बंगलादेशले नेपालसँग खेल्नेछ । नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले सोमबार श्रीलंकासँग खेल्नेछ । यदि बंगलादेश सुपर ८ मा पुग्न नसके नेपालसँगै एसिया छनोट खेल्ने सम्भावना बढी रहन्छ ।

onlinekhabar


काठमाडौं

आइतवार, साउन ६, २०८१

२३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...