fbpx

आईसीसी टी-२० विश्वकप:-लगातार तेस्रो जितसँगै अष्ट्रेलिया सुपर-८ मा

author

समाचारपाटी

१ महिना अगाडि

अमेरिका । उपाधि दाबेदार अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकप २०२४ मा नामिबियालाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितले समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै सुपर-८ मा पुगेको छ ।

जित्नलाई ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५।४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । ट्रविस हेड १७ बलमा ५ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । डेविड वार्नर ८ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । मिचेल मार्श ९ बलमा ३ चौका र १ छक्कासहित १८ रनमा नट आउट रहे । डेविड विजाले १ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १७ ओभरमा ७२ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेराल्ड इरास्मसले ४३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए । माइकल भान लिंगेनले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुड र मार्कस स्टोइनिसले २–२ विकेट लिए । प्याट कमिन्स र नाथन एलिसले १-१ विकेट लिए । समूह बी मा अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । अष्ट्रेलियाले ओमानलाई ३९ र इंग्ल्यान्डलाई ३६ रनले हराएको थियो । अष्ट्रेलियाले १६ जुनमा स्कटल्यान्डसँग खेल्नेछ ।

स्कटल्यान्ड ३ खेलमा २ मा जित र एक खेलमा अंक बाड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्यान्ड २ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । ओमान ३ खेलमा जित विहीन हुँदै बाहिरी सकेको छ ।

समूह डी मा दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ सुपर-८ मा स्थान पक्का गरेको छ । अन्य टोलीले भने सुपर ८ मा आफ्नो स्थान पक्का गर्न बाँकी छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् ।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...