fbpx

आईसीसी टी-२० विश्वकप:-वार्मअप पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

author

समाचारपाटी

२ हप्ता अगाडि

डालास । नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै संघर्ष गरेका थिए । तीव्र गतिका बलर डिलोन हेलिगरको पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच आउट भए । कुशलले १६ बलमा २ चौकासहित १० रन जोडे ।

त्यसपछि अनिल साहले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै आउट भए । स्पिनर साद विन जाफरको बलमा रोहित पौडेल टप एज लागेर विकेटकिपरबाट १ रनमा क्याच आउट भए । त्यसअघि जाफरले आसिफ शेखलाई २२ रनमा एलबीडब्लू धरापमा पारे । उनले २२ बलमा ३ चौका प्रहार गरे । सन्दीप जोरा ६, गुलशन झा डक र सोमपाल कामी ४ रनमा आउट हुँदा नेपालको हार पक्का बनेको थियो । डिलोन हेलिगरले २.३ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेरेमी गोर्डन र साद बिन जाफरले २-२ विकेट लिए । कलिम साना र परगत सिंहले १-१ विकेट लिए ।

त्यसअघि ग्राण्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । अन्तिम ओभरमा करण केसीलाई २१ रन प्रहार गर्दै क्यानडाले मोमेन्ट्स आफ्नो पक्षमा लैजानुको साथै बलरलाई राम्रो योगफलदिएको थियो ।

निकोलस किर्टोनले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए । रविन्द्रपाल सिंहले अन्त्यमा १७ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको आक्रामक अविजित इनिङ खेले । डिलोन हेलिगर ७ बलमा २ चौकासहित १३ रन नट आउट रहे । ओपनर आरोन जोनसन र नवनीत धलिवालले २.४ ओभरमा २२ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । आरोन जोनसन ८ बलमा २ चौकासहित १० रनमा आसिफ शेखबाट क्याच हुन पुगेका थिए ।

दोस्रो विकेटका लागि निकोलस किर्टोन र धलिवालले ६१ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । धलिवाल २७ बलमा ४ चौकासहित ३२ रनमा आउट हुँदा क्यानडा ९.५ ओभरमा ८३-२ को अवस्थामा थियो । त्यसपछि भने नेपालले लगातार विकेट लिँदै खेलमा फर्किएको थियो । तर, अन्त्यमा नेपालको डेथ ओभर समस्याको फाइदा उठाउँदै क्यानडाले राम्रो योगफल तयार पार्‍यो ।  परगत सिंह १३, श्रेयस मोभ्भा र साद विन जाफर २-२ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशीले १-१ विकेट लिए । नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

onlinekhabar


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

३१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन