fbpx

आईसीसी टी-२० विश्वकप:-दक्षिण अफ्रिकाको लगातार पाचौं जित

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सुपर-८ खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । गौसले यसअघि दक्षिण अफ्रिकाबाट यू-१९ क्रिकेट खेलेका थिए ।

हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलर २४, नितेश कुमार ८ र कोरी एन्डरसनले १२ रनमा आउट भए ।

एक समय ११.१ ओभरमा ७६(५ को अवस्थामा पुगेको अमेरिकालाई छैटौं विकेटका लागि हरमीत र गौसले ४३ बलमा ९१ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए ।अमेरिकालाई जितको लागि अन्तिम १२ बलमा २८ रन चाहिँएको थियो । कागिसो रबाडाको १९ औं ओभरको पहिलो फुलटस बललाई ठूलो सट खेल्ने धुनमा हरमीत सिंह मिडविकेटमा स्टब्सबाट क्याच आउट हुनु खेलको टर्निङ प्वाइन्ट बन्यो । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले १-१ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । विकेटकिपर क्विन्टन डि ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

कप्तान एडेन माक्ररम ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रनमा आउट भए । ओपनर रिजा हेन्ड्रिक्स टप एज लागेर मिडअफमा क्याच आउट हुँदा दक्षिण अफ्रिका २.४ ओभरमा १६-१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि डिकक र माक्ररमले ११० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

डिकक स्पिनर हरमीत सिंहको फुलटस बलमा शयान जहाजिंगरको बलमा क्याच आउट भएका थिए । लगत्तै डेविड मिलर शून्यमा कट एण्ड बोल्ड आउट भए । हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा नट आउट रहे । ट्रिस्टन स्टब्स १६ बलमा २ चौकासहित २० रनमा नट आउट रहे । अमेरिकाका हरमीत सिंहले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

सौरभ नेत्रवालकरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । दक्षिण अफ्रिका समूह डी बाट ४ खेलमा अपराजितका साथ अपराजित रहँदै सुपर ८ मा पुगेको थियो । अमेरिका ४ खेलमा २ मा जित, १ मा हार र १ खेल नतिजा विहीन हुँदा ५ अंकका साथ समूह ए बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको थियो ।

onlinekhabar


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन