fbpx

‘आइइसी डिजाइनर रनवे’मा अभिनेत्रीदेखि मोडलसम्म एउटै र्याम्पमा

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौँ । बिभिन्न आकर्षक डिजाइनका फेसन प्रस्तुत गर्दै १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत भएका थिए । उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित र्याम्पमा प्रस्तुत भएका हुन् ।

भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहेको शोमा नेपालका २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत प्रत्येक्ष सहभागीता रहेको शाको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गरेको थियो । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’ आयोजना भएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयाे । सहभागीले १३औं ‘आइससी डिजाइनर रनवे’ अहिले सम्मकै उत्कृष्ट फेसन शोको रुपमा चर्चा गरेको उहाँको भनाई छ ।

शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए ।

आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताउनुभयाे ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन