fbpx

आइसीसी क्रिकेट विश्वकप:- नामिबियालाई हराउँदै स्कटल्याण्ड बन्यो लिग टु विजेता

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । स्कटल्याण्ड आइसीसी क्रिकेट विश्वकप लिग टुको विजेता बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा नामिबियालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बनेको हो ।

७ देश सम्मिलित लिग टुमा यो जितसँगै स्कटल्याण्डको ४८ अंक भएको छ । सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित दोश्रो स्थानमा छ ।

स्कटल्याण्डसँग पराजित नामिबियाको भने ३२ खेलबाट ३७ अंक छ र उ तेस्रो स्थानमा छ । २५ खेल खेलेको नेपाल भने छैटौं स्थानमा छ ।

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले जर्ज मुन्सेको सानदार शतकमा बिना विकेट भेट्टायो । मुन्सेले ६१ बलमा १०३ रनको अविजित पारी खेले । उनले १२ चौका र ७ छक्का प्रहार गरे ।

अर्का ओपनर काइल कोजरले ७२ बलमा ४६ रन बनाए । उनीहरुले १५४ रनको अविजित साझेदारी गर्दै स्कटल्यान्डलाई जिताएका हुन् ।

यसअघि, टस जितेर फिल्डिङ रोजेको स्कटल्यान्डले कसिलो बलिङ गर्र्दै ३९।२ ओभरमा १५३ रनमा नामिबियालाई अलआउट गरेको थियो । नामिबियाका लागि ओपनर ब्याटर लो हान्ड्रे लोरेन्सले सर्वाधिक ५४ रन बनाए । उनी एक मात्रै ब्याटर थिए, जसले नामिबियाका लागि टिकेर खेलेका थिए । लोरेन्सले ८८ बल खेल्दै ५ चौका प्रहार गरे ।

अर्का ओपनर कार्ल ब्रेकनस्टोक ४ रनमा स्टम्पिङ भए । जेन ग्रिनले २५ रन बनाए । कप्तान ग्रहार्ड इरास्मस गोल्डेन डक भए । पिक्की या फ्रान्सले ११ रन र बर्नाड स्कोल्ट्जले ३९ बलमा ३० रन बनाए । बेन शिकोन्गो १ रनमा अविजित रहे भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डका लागि माइकल लिस्कले ८।२ ओभर बलिङ गर्दै ४ विकेट लिए । साफ्यान शारिफ र मार्क वाटले समान ३–३ विकेट लिएका थिए ।

source:-onlinekhabar


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन