आवाज नभएर होला सम्पदा पनि हेपाइमा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं  । इतिहास र सभ्यता हिजोको आजै बनेका हुँदैनन् । सयौं वर्षको कालखण्डका अनेकौं तथ्यहरूको उत्खनन–अन्वेषण, अभिलेखीकरण र प्रमाणीकरण जस्ता कार्यहरूको बलमा मात्रै सभ्यता निर्माणको वास्तविक इतिहास बन्छ र जान्न सकिन्छ ।

इतिहास र सभ्यता हिजोको आजै बनेका हुँदैनन् । सयौं वर्षको कालखण्डका अनेकौं तथ्यहरूको उत्खनन–अन्वेषण, अभिलेखीकरण र प्रमाणीकरण जस्ता कार्यहरूको बलमा मात्रै सभ्यता निर्माणको वास्तविक इतिहास बन्छ र जान्न सकिन्छ ।

तर दुर्भाग्यपूर्ण भन्नुपर्छ, नेपाल–सभ्यताको निर्माण–पुनर्निर्माणमा जोडिएका विभिन्न तथ्य–पक्षहरूको जगेर्ना गर्न सरकार तथा सम्बन्धित निकायहरू चुकिरहेका छन् । इतिहास सम्पदा संरक्षणमा हाम्रा राज्य संयन्त्रहरूको होस्ल्याङे प्रवृत्ति देख्न सकिन्छ । मन्दिरै–मन्दिरको शहरको उपमाबाट चिनिएको काठमाडौं उपत्यकामा के–कति पुरातात्विक सम्पदा छन्, कति जोगिएका छन्, कति लापरबाह अवस्थामा छन् वा कति नामेट भइसके भन्ने विषयमा सम्बन्धित अधिकारीहरू नै बेखबर छन् ।

यही टिठलाग्दो अवस्था अहिले विद्यमान छ । नेपाल पहिचानका अनेक आधारहरुमध्ये एक सांस्कृतिक सम्पदा पनि हो । सांस्कृतिक सम्पदाहरुले नै नेपालको आधा पहिचान बोकेको छ । नेपाली पहिचान झल्काउने सम्पदाहरुको संरक्षण र संवद्र्धन गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने हो । देशको पहिचान बोक्ने सम्पदाहरुको नै संरक्षण भएन भने नेपालको मान र प्रतिष्ठा जोगिन कसरी सक्छ रु तर अवस्था त्यस्तो छैन । काठमाडौं उपत्यकाका अधिकांश सांस्कृतिक सम्पदाहरु जिर्ण र बेवारिसे छन् ।

कतै फोहोरै फोहरे त कतै पानी आउने परम्परागत ढुंगे धाराहरुलाई संरक्षणको साटो बेन्चहरु राखेर छोपिएको छ । फुटपाथका पसलहरुले सम्पदा परिसर छपक्कै छोपिएको छ । सम्पदाका भित्तामा किला ठोकेर व्यापारका सामग्रीहरु झुन्ड्याइएको छ भने सम्पदा वरपर सजावटका लागि राखिएका गमलाहरु फुटेर मानिसलाई गिज्याइरहँदा समेत त्यसको संरक्षण गर्न कोही जागरुक बनिरहेका छैनन् । मन्दिर परिसरमै पार्किङ छ, जसले बोल्न नसक्ने सम्पदाहरुलाई हेपिरहेको भान दिलाउँछ । अझ भनौ पार्किङले सम्पदा छोपिएको छ ।

नेपालको पहिचान दिने सम्पदाको पुनः निर्माण त परको कुरा भएका सम्पदाहरुको संरक्षण गर्न समेत सरकार लाचार छ ।

 ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान