जनताको निराशालाई आशामा बदल्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व।विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताउनुभएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व।विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताउनु भयो । उहाँले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रीक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले समावेशी लोकतन्त्रीक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि विपी कोइराला लगायतका नेताहरुले जुन बलिदान गर्नुभयो । जसरी देशलाई नयाँ दिशा देखाउनु भयो । आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो । देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रीक व्यवस्थालाई हामीले जर्गेना गर्नुपर्छ । यसैको मातहत रहेर संविधान सभाको २००७ सालमा बिपीले परिकल्पना गर्नुभएको थियो । त्यो संविधान सभाबाट नेपालमा जनताबाट निर्वाचित प्रतिनिधिबाट निर्मित संविधानको निर्माण भएर यो व्यवस्थाको टुङ्गो लागेको छ । अब यो व्यवस्था हामीले चिरस्थायी बनाउँदै यसमा समसामयिक सुधार गर्नुपर्ने भए गर्ने तर यसैलाई हामीले साकार बनाउन कार्यान्वयनमा ल्याउनुपर्छ । देशले पटक पटकको नयाँनयाँ प्रयोग थाप्न सक्दैन र त्या क्षमता नेपालसँग छैन ।
राष्ट्रलाई उन्नती गर्ने समय चाहिन्छ । राजनीतिक स्थायीत्व चाहिन्छ । जनताको हातमा आएको अधिकारलाई सुरक्षित गरेर राष्ट्र निर्माण गर्ने अवसर चाहिन्छ । लोकतन्त्रको लागि साहदत हुने सम्पूर्ण नेताहरुप्रति श्रद्धा भक्ती व्यक्त गर्दै उहाँहरुको सपना साकार पार्ने प्राण गर्छु । अहिले जनतामा निराशा जस्तो देखिएको छ । जनताको निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराएर सम्पूर्ण लोकतन्त्र प्रेमिहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतीको बाटो समात्नुपर्छ । सुशासनबाट देशको उन्नती हुन्छ । सुशासन देशले खोजेको छ । प्रकृतिलाई सम्झेर सुशासनको कुरामा सबैको ध्यान आकर्षित गर्न चाहन्छु । नेपालमा संविधानको दायित्व र जनताले पाएको अधिकारको रक्षा र यसमा कसैले खेलवाड गर्न दिनु हुँदैन ।’

राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता औंल्यानुभयो । उहाँले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गर्नुभएको थियो । पौडेल बिहीवार भएको राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाकाले २ तिहाई बहुमतको सरकार बनाउने रवि लामिछानेको दाबी

उपनिर्वाचनका लागि रास्वपाकाले गर्‍यो उम्मेदवार सार्वजनिक

‘संघीय निजामती सेवा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्छु’

सरकारले तोकेका पर्यटकीय गन्तव्यमा पथप्रदर्शक बिना घुम्न जान नपाइने...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

शनिबार, चैत्र १८, २०७९

१३.२७°

-
Clouds