fbpx

अदालतबाट क्लिन चिट लिएर फेरि राजनीतिमा आउँछु : सांसद श्रेष्ठ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद ढाकाकुमार श्रेष्ठले आफूले कुनै गल्ती नगरेको दोहोर्‍याउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर श्रेष्ठले आफू र आफ्नो पार्टीलाई बदनाम गराउने षड्यन्त्रअनुसार आवाज सम्पादन गरेर अफवाह फैलाइएको आरोप लगाउनुभयो । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न पार्टीले निलम्बन गरेको विषयलाई स्वागत गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले अदालतबाट क्लिन चिट लिएर फेरि राजनीतिमा सक्रिय हुने बताउनुभयो ।

उहाँले पार्टीलाई उपचुनावमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको पनि बताउनुभयो । उहाँले जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उपचुनाव र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ । यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ । कहाँ–कहाँबाट कुराहरू जोडेर मिडियामा आएको छ । म पार्टीबाट निलम्बित भएको सदस्य पनि हो । म न्यायालय गएर सम्पूर्ण कुराहरू गरेर क्लिन चिट गरेर तपाईँहरूसँग आउनेछु । मेरो कारणले पार्टी र उपचुनावलाई अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु । यो अडियो फसाइएको हो, सुनिश्चित रूपमा । जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ ।’

आफूमाथिको षड्यन्त्रको विरुद्धमा न्यायालयमा जाने प्रक्रिया सुरु भइसकेको ढाकाकुमार श्रेष्ठको भनाइ छ ।


काठमाडौं

शनिबार, अशोज २६, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने