काठकाडौं । रविना देशराजले प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट गर्नुभएको छ। भ्यालेन्टाइन्स डेको मौकामा रविनाका विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानले उनलाई प्रस्ताव राखे र उहाँले यसमा सहमति जनाउनुभयो।
नयाँ सुरुवात भन्दै अभिनेत्री प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गर्नुभएको छ । रबिनाले मेगा बैंक छाडेको करिब एक साताभित्र आफ्नो प्रेमी सार्वजनिक गर्नुभएको थियो।
उहाँ बैंककी कायममुकायम कार्यकारी अधिकृत हुनुहुन्थ्यो । रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिनुभएको हो।
उहाँले प्रेमीसँगको फोटो सेयर गर्दै लेख्नुभएको छ, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उहाँको प्रस्तावलाई स्वीकार गरेँ ।’रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिनुभयो ।