१४ वर्षिय एक बालिकालाई विभिन्न प्रलाेभन देखाइ चाइनिज नागरिकसँग विवाहा गराउने विश्वास दिलाइ फसाउने व्यक्तिलाइ प्रहरीले प्रक्राउ गरेकाे छ ।
अभिभावकलाई कुनै थाहा जानकारी नदिई सरु बिक र भगवती अधिकारीले “तिमी दु:ख पाउने केटी रहेछौ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौँ, तिमि उसँग विवाह गरेऊ भने तिम्रो भविश्य बन्छ” भनि विभिन्न किसिमबाट ललाई फकाई गरेर विश्वास दिलाई चाइनिज नागरिकबाट आर्थिक लाभ लिई साउन १३ गते विवाह गराई जिल्ला कास्की पोखरा महानगपालिका वडा नं. ६ लेकसाईड स्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेकाे प्रहरीले जनाएकाे छ ।
बन्धक बनाई राखेकाे अवस्थामा पीडित नावालिका भाग्न सफल भएको सूचना प्राप्त भए पश्चात पीडितको अभिभावकसंग
समन्वय गरी पीडितको उद्दार गरिए पश्चात पीडितको आमाले पीडितलाई बेचविखन गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका हुँदा कारवाही गरी पाँउ भनी मानव वेचविखन तथा ओसार पसार कसूरमा साउन २९ गते यस कार्यालयमा जाहेरी दरखास्त पेश गरेको गर्नुभएकाे थियाे ।
तत्काल यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट अनुसन्धान टोली खटिई China Hunan प्रान्त स्थायी वतन भई जिल्ला कास्की पोकरा महानगरपालिका वडा नं. ०६ लेकसाईड खहरे स्थित पारामाउन्ट गेष्ट हाउसमा बस्ने passport No. EM4754513
वाहक वर्ष ३१ को ZHI MING CHEN ९ दिनको भिजिट भिषामा नेपाल आएको १ जना विदेशी नागरिक, जिल्ला लम्जुङ साबिकभोजे हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १६ सँगमटोल बस्ने वर्ष २२ की सरु बिक र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २२ आर्वा बस्ने बर्ष अन्दाजी ३४ की भगवती अधिकारी सहित ३ जनालाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।