fbpx

रवि लामिछाने प्रकरणमा मानव अधिकार आयोगको अनुसन्धान सुरु

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि भएको घटनाको विषयमा प्रहरी उच्च अधिकारीहरूसँग जानकारी लिँदै अनुसन्धान अघि बढाएको छ।

आयोगका प्रवक्ता टिकराम पोखरेलका अनुसार सहकारी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका लामिछानेलाई चितवनबाट कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशमा अमानवीय व्यवहार गरी मानव अधिकार हनन् भएको उजुरी परेको थियो।

"घटनाको सत्यतथ्य पत्ता लगाउन आज प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितका उच्च प्रहरी अधिकारीहरूसँग थप जानकारी लिइएको छ," प्रवक्ता पोखरेलले जानकारी दिए।

सो अवसरमा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासन, स्वच्छ पुर्पक्षको अधिकार, र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष र स्वतन्त्र अनुसन्धानको आवश्यकता रहेको बताए।

आयोगले निष्कर्षमा पुग्नका लागि प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत थप जानकारी लिने तयारी गरिरहेको छ। अनुसन्धानलाई तीव्रता दिइने प्रवक्ता पोखरेलले उल्लेख गरे।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन