पाेखरा । मानव वेचविखन तथा ओसार पसार मुद्दामा ३ जना पक्राउ परेका छन । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ जाल्पारोड स्थित रहेको काभ्रेली खाजा घरका संचालकले बालिका तथा महिलाहरुलाई होटलमा राम्रो काम लगाईदिन्छु भनि विभिन्न लोभलालच, प्रलोभनमा पारी परपुरुषहरु सँग भेट गराई पोखराका विभिन्न होटलहरुमा लगि यौनशोषण गराउँदै आईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ३ जना पक्राउ गरेकाे हाे ।
सुरुमा होटलको सरसफाईको काम लगाई दिएको र केही समयपछी राम्रो कमाई हुन्छ भनि विभिन्न लोभलालच, प्रलोभनमा पारी परपुरुषहरु सँग भेट गराई पोखराका विभिन्न होटलहरुमा लगि यौनशोषण गराउँदै आईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
महिलाहरुलाई होटलमा राम्रो काम लगाईदिन्छु भनि विभिन्न लोभलालच, प्रलोभनमा पारी यौनशोषण गराउँदै आईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पाैष १९ गते दिउसाेकाे समयमा सोही खाजाघरबाट महिलाहरुलाई बाहिर लैजान लागेको अवस्थामा १ जना वालिका र २ जना महिलालाई उद्दार गरेकाे छ ।
उक्त कार्यमा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने वर्ष २९ को प्रविन गुरुङ, जिल्ला पर्वत स्थायी घर भई हाल जिल्ला काठमाण्डौ शंखमुल बस्ने वर्ष २३ को निर्मल मल्ल र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा बस्ने वर्ष २६ कोराजेश ठकुरीलाई पक्राउ गरी मानव वेचविखन तथा ओसार पसार सम्बन्धी मुद्दामा चलाएर सम्मानित कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे हाे।