हंगेरी र सर्बियाले बिहीवार क्षेत्रीय सुरक्षा चिन्ता र बढ्दो ऊर्जा लागतको बीचमा ऊर्जा, पूर्वाधार र आर्थिक विकासमा आफ्नो रणनीतिक सहयोगलाई गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बुडापेस्टमा हंगेरी–सर्बियाली रणनीतिक सहयोग परिषद्को दोस्रो बैठकपछि हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले तेल, ग्यास पाइपलाइन र विद्युत प्रसारणमा लगानीसहित दुई देशको ऊर्जा सुरक्षा बढाउन नयाँ संयुक्त परियोजनाहरूमा जोड दिनुभयो । सर्बियासँग हंगेरीको दक्षिणी सीमानामा रहेको रोज्के–होर्गोस सीमानालाई आधुनिकीकरण गर्न सम्झौता भएको थियो । सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुकिकले गठबन्धनको बललाई जोड दिँदै ओर्बानको भावनालाई प्रतिध्वनि गर्नुभयो । सर्बिया सधैँ हंगेरीको सहयोगी हुने र हंगेरी सधैँ सर्बियाको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले दुई राष्ट्रले सातवटा नयाँ सम्झौतामा हस्ताक्षर गरी कुल द्विपक्षीय सम्झौताको सङ्ख्या १८० पुगेको उल्लेख गर्नुभयो ।
सिन्ह्वा