डेमोस्ट्रेसनका रुपमा ९ हजार आठ सय जना किशोरीलाई एचपिभि खोप लगाइने  

author

समाचारपाटी

२ years अगाडि

आगामी भदौ २७  गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ । 

स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोग बिरुद्धको २० हजार मात्रा एच.पि.भि. खोप लगाउन लागेको जानकारी दिएको हो । विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले हाल उपलब्ध भएको एचपिभि खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताउनु भयो । उहाँले एच.पि.भि. खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने बताउनु भयो । यो खोप यौन सम्पर्क हुने उमेर भन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने बताउनु भयो । 

साधारणतया एच.पि.भि खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने,रिगंटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्शन हुने भएपनि यी असरहरु सामान्य मात्रै भएको बताउनु भयो । निकट भविष्यमा १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने जानकारी दिनुभयो । एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्ने बताउनु भयो ।

उहाँले पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरै जसोमा लक्षण नदेखिएपनि अन्तिम अवस्थामा मात्र पहिचान हुनसक्ने बताउनु भयो । संक्रमण हुँदा पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्त अल्पता जस्ता लक्षणहरु देखिने बताउनु भयो । एचपिभि मुख्यतः संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने र यो संक्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्कमार्फत पनि सर्नसक्ने डा.गौतमको भनाई छ ।


डा.गौतमले भन्नुभयो, ‘हामी अहिले एचपीभी खोपको डेमोन्स्ट्रेसन कार्यक्रम सञ्चालनमा छौँ । सात वटा प्रदेशका सात वटा अस्पतालबाट सञ्चालन गर्न गइरहेका छौँ । अहिलेको लागि लक्षित वर्ग भनेको १४ वर्ष नाघेको १५ वर्ष नपुगेको उमेर समूहका किशोरी हुन् । हामीले २० हजार मात्रा खोप लिएर आएका छौँ । नौ हजार आठ सय जना जतिलाई खोप दिनसक्छौँ । एचपिभि पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हो । नेपालमा हेर्दाखेरी क्यान्सरमध्ये केसले गर्दा मृत्यु हुँदो रहेछ भनेर अध्ययन गर्दा महिलाहरुको मृत्युको प्रमुख कारण सर्भाइकल क्यान्सर हो । सर्भाइकल  क्यान्सर गराउने एचपिभि भाइरसले गर्दा भएको कारण खोप लगाउन लागेका हौँ । सन् २०२० को तथ्याङ्कले पाठेघरको मुखको क्यान्सर तीन जनालाई लाग्यो भने दुई जनाको मृत्यु भएको देखाएको छ । त्यही भएर पनि उच्च प्राथमिकताका साथ सञ्चालन गर्न लागिएको छ । डेमोष्ट्रेसन कार्यक्रम भनेर सञ्चालन गर्न लागिएको छ । यसपश्चात राष्ट्रिय खोप कार्यक्रममा राखेर अन्य उमेर समूह(१० देखि १४ वर्ष ) का लागि क्रमशः एक वर्षपछि खोप कार्यक्रम सञ्चालन गर्नेछौँ । खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको छ । खोप लगाइसकेपछि ३० वर्ष काटेका महिलाहरुले प्रत्येक पाँच पाँच वर्ष पाठेघरको मुखको क्यान्सर भए÷नभएको परीक्षण गर्नुपर्ने हुन्छ । शुरुमै इन्फेक्सन भएको जानकारी भए उपचार पनि हुन्छ । जुनसुकै खोप लगाउँदा दुखाई त हुन्छ । सुन्निने, डाबर आउने हुनसक्छ । सामान्य ज्वरो आउन सक्छ । जुन घरमा बसेर निको पनि हुन्छ । अहिले विश्वव्यापी रुपमा हामीलाई खोपमा सहयोग गरिरहेको गाभी भन्ने संस्था छ । र, हामी आफैँले पनि खरिद गर्न विश्वव्यापीरुपमा खोपको अभाव छ । गाभीबाट अनुदानमा आउने खोपको अभाव छ । त्यहीभएर थोरै मात्रामा खोप प्राप्त भएको छ । तसर्थ सायद एक वर्षपछि १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप अभियान सञ्चालन गर्छौं । अहिले खोप पाउन नसक्नुभएकाले पछि पाउनुहुन्छ भनेर विश्वास दिलाउन चाहन्छु । खोपको अभाव भएका कारण थोरै संख्यामा मात्रै पाएका छौँ । एचपिभि खोप दिन मिल्ने उमेर समूह १० देखि १४ वर्षको उमेर तोकिएको छ । अन्य उमेर समूहमा प्रभावकारीता कम देखिएको छ ।’

एचपिभि खोप सेवा उपलब्ध हुने अस्पतालहरूमा कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर,  मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल डडेलधुरा रहेका छन् । खोपको शुभारम्भ परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नतेले गर्ने कार्यक्रम तय भएको छ । 


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन