fbpx

गण्डकीमा एक लाख किशोरीलाई एचपीभी खोप

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप गण्डकीमा एक लाख किशोरीले पाउने भएका छन् । १० देखि १४ वर्ष उमेर समूहका १ लाख ५ हजार ४७९ जना किशोरीलाई गण्डकी प्रदेशका ११ जिल्लाका २ हजार ५०४ खोपकेन्द्रमार्फत खोप दिन लागिएको हो ।

गण्डकीका किशोरीलाई खोप लगाउने अभियानको तयारी पूरा भएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिनुभयाे । ‘प्रदेशका ११ वटै जिल्लामा खोप दिने तयारी गरिएको छ । १० देखि १४ वर्षसम्म समूहका किशोरीलाई एचपीभी खोप किन दिइँदै छ, किन यो खाप लगाउन जानैपर्छ भन्ने प्रचार र सचेतना पनि बनाउनुपर्ने छ,’ खड्काले भन्नुभयाे, ‘कास्कीमा मात्र ४०१ खोप केन्द्र तोकिएका छन् ।’

खोपकेन्द्रहरु विद्यालयमा आधारित गरिएको र कास्कीमा मात्र २६ हजार २ सय ९६ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिनुभयाे । ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु पाठेघरको मुखको क्यान्सरको मुख्य कारण भएको चिकित्सकहरुले बताइरहेका छन् । पाठेघरको मुखको क्यान्सर बनाउने भाइरसलाई एचपीभी भाइरस भनिन्छ ।

पाठेघरको मुखको क्यान्सर भएमा यौनसम्पर्कपछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने लक्षण देखा पर्ने स्वास्थ्य सचिव शर्माले जानकारी दिनुभयाे ।

९ वर्षअघि कास्की र चितवनमा पाइलट प्रोजेक्टरुपमा यो खोप अभियान थालिएको थियो । कक्षा ६ र विद्यालय नगएका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइएकोमा प्रभावकारी भए पनि देशभर विस्तार गर्ने लक्ष्य लिइएको थियो । तर, कोभिडका कारण अभियोन विस्तार हुन नसकेपछि फेरि खोप अभियान थालिएको हो ।

गत वर्ष सातै प्रदेशका १र१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६–६ महिनाको फरकमा दुई मात्रा एचपीभी खोप दिइएको थियो । पहिलो चरणमा एचपीभी खोप लगाउने, दोस्रो चरणमा हरेक महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र तेस्रो चरणमा तृतीय तहमा क्यान्सर निदान भएका महिलाको उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

onlinekhabar


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन