काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नम्बर १ को पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
उता राति भने प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भूभागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले सतकर्ता अपनाउन महाशाखाले जानकारी दिएको छ।