१९ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो माहासभा

author

समाचारपाटी

१ year अगाडि

नेपाल जग्गा तथा आवास विकास महासंघले आगामी वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने भएको छ । शनिवार पोखरामा १९ बुँदे घोषणपत्र जारी गर्दै सकिएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो माहासभा बैठकले वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको हो । आईतवार दोस्रो महासभा बैठकका निर्णयहरुबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले महासभा सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालिन र उपस्थितिको हिसावले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा सफल भएको बताउनु भयो । उहाँले संगठनलाई मजबुत बनाउने कुरामा पनि महासभा सफल भएको उहाँको ठम्याइ छ । महासभामा ३३ वटा जिल्ला संघहरुसहित ५० जिल्लाका करिव ३५० भन्दा बढी प्रतिनिधि सहभागी भएको बताउनु भयो । उहाँले घरजग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले राज्यलाई थप योगदान दिने ढंगले काम गर्नको लागि स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्ने बताउनु भयो । उहाँले याण्डपोलिङ, हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराइ टाउनसिप गराउने ढंगमा सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालिन र उपस्थितिको हिसावले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा र हाम्रा म्यासेज डेलिभर गर्ने कुरामा, संगठनलाई मजबुत बनाउने ढंगमा यी विभिन्न पक्षमा महत्वपूर्ण र सफल रह्यो । हामीसँग ३३ वटा जिल्ला संघहरु र अरु थप जिल्लासहित ५० जिल्लाको सहभगिता रह्यो । जम्मा ३५० जनाले सहभागिता जनाउनुभएको थियो । हामीले पोखरा घोषणापत्रमा १९ बुँदे घोषणा पत्र जारी गरेका छाैँ । त्यसमा महत्वपूर्ण रुपमा हामीले पटक पटक उठाउँदै आएको घरजग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले राज्यलाई थप योगदान दिने ढंगले काम गर्नको लागि स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्छ, त्यसले काम गराउनुपर्छ । ल्याण्डपोलिङ, हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराइ टाउनसिप गराउने ढंगमा सहकार्य गर्नुपर्छ । हदबन्दीको कुरा उठाएका छौँ । विदेशीलाई अपार्टमेण्टका कुरा उठाएका छौँ । यसले देशभरका व्यवसायीहरुका पीर,मर्का समस्याहरु सबै बुझेर वस्तुस्थितिबारे जानकारी लिन्छौँ र सरकारलाई जानकारी गराउने उद्देश्यले यो घोषणा पत्र जारी भएको हो । नीति निर्माणको तहमा रहनु हुनेलाई जानकारी गराउँछौँ । वैशाखमा हाउजिङ समिट गर्ने तयारी गर्दैछौँ ।’

अध्यक्ष लोहनीकाअनुसार दोस्रो माहासभा बैठकले रूपमा सुनिश्चित गर्ने, रियल इस्टेटलाई उद्योगको रूपमा विकास गर्ने, ब्रोकरेज नियमन र भूमि बजार सम्बन्धी कानून निर्माण गर्ने,जग्गाको हदबन्दी हटाउने, अपार्टमेन्ट बिक्रीको लागि कानूनी व्यवस्था गर्ने, कम्पनी दर्ता गरी कर कानूनको पालना गर्ने, वातावरणमैत्री सहरी विकास गर्ने, नयाँ शहरी विकास गर्ने, व्यक्ति निर्मित आवास प्रणालीको अन्त्य गर्ने, बहु–तले अपार्टमेन्ट एवं मिश्रित व्यावसायिक भवनहरूको विकासमा जोड दिने, सरलीकृतरुपमा कर्जा प्रवाह गर्ने, प्रशासनिक बाधा अढचनहरू हटाउने, सरकारी–निजी क्षेत्र बीचको सहकार्यमा जोड दिने, पोखरालाई मुलुकको पर्यटन राजधानी बनाउने, विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने, शहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स) सँग सहकार्य गर्ने, संगठित हुनुपर्ने, महासंघले जिम्मेवार व्यावसायीको भुमिका निर्वाह गर्ने १९ बुँदै घोषणापत्र जारी गरेको छ ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन