नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।  दिउँसो १ बजे सुरू भएको बैठकमा नेकपा एमाले सांसदहरूले अवरोध जनाएपछि बैठक स्थगित भएको हो। अब अर्को बैठक साउन २९ गते सोमबार दिउँसो १ बजे बस्नेछ।

बैठक सुरू हुनेवित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिनुभएकाे थियाे। उहाँ बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर अवरोध जनाएका थिए। एमालेका सांसदहरू उठेर विरोधमा उत्रिएपछि सत्तापक्षका सांसदहरु पनि आफूले बोल्न पाउनुपर्ने र बैठकका कामकारबाही अघि बढाउन माग गर्दै सिटबाट उठेका थिए।

सभामुख घिमिरेले बैठकका नियमित कामकारबाही अघि बढाउन सांसदसँग आग्रह गर्नुभएकाे थियाे।  सभामुखले संसद संचालनका लागि नियमको पालना गर्न आग्रह गर्नुभयाे । तर पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि छानबिन समितिको माग गर्दै विरोध जनाइरहे। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरे।

एमाले सांसदहरू वेल घेराउ गर्न अघि बढेपछि मर्यादापालकहरूले रोकेका थिए। मर्यादापालकहरूले अघि बढ्न नदिएपछि एमाले सांसदहरूले भ्रष्टचारीलाई कारबाही गर,सुन तस्करीलाई कारबाही गर भन्दै नाराबाजी गरे।

उनीहरूले आफ्नो अडान नछाडेपछि सभामुख घिमिरेले अवरोधका बीच सदन सुचारु गर्न नसक्ने भन्दै साउन २९ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराउनुभयाे।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’