fbpx

आजपनि प्रतिनिधिसभामा एमालेको नाराबाजी, बैठक शुक्रबारसम्मका लागि स्थगित

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं  सुन तस्करी प्रकरणको विषयलाई लिएर आजपनि प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेको छ।  बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरू सिटबाट उठेर विरोध जनाएका हुन्। एमाले सांसद सूर्यबहादुर थापाले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएकाले अवरोध कायम राख्ने बताउनुभयाे।

उहाँले भन्नुभयाे, 'तस्करीलाई संरक्षण गर्ने हिसाबले गृहमन्त्रीबाट जवाफ आएकाले हाम्रो विरोध जारी छ। सुन तस्करी प्रकरणको छानबिनका लागि सत्ता पक्षले यसबारे कुनै मनसाय देखाएको छैन। '

उहाँ बोल्दै गर्दा सत्तापक्षका सांसदहरू उठेर विरोधमा उत्रिनुभयाे।  सभामुख देवराज घिमिरेले  दिएको समयमा थापाले आफ्ना धारणा राख्दै गर्दा सत्ता पक्षका सांसदहरूले नियमित कार्यसूचीमा प्रवेश गर्नुपर्ने माग गर्नुभयाे। थापा बोलिरहेकै अवस्थामा सभामुखले सत्तापक्षका सांसदहरूलाई पनि बोल्न दिने भन्दै शान्त हुन आग्रह गर्नुभयाे।

तर, सत्ता पक्षका  सांसद भनाभनमा उत्रिएपछि एमालेका सांसदहरू पनि आफ्नो सिटबाट उठेर वेल घेराउ गर्न पुगे। उनीहरूले सुन तस्करी प्रकरणमा छानबिन समिति गठन गर,तस्करलाई कारवाही गर भन्दै नाराबाजी गर्न थाले । तर, सभामुखले संसद बैठक अघि बढाउन आग्रह गर्दा पनि एमाले सांसदहरूले आफ्नो अडान जारी राखे। 

सभामुखले जनताका विषय बैठकमा राख्नुपर्ने भएकाले आफ्नो आसनमा फर्कन पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरूले अवरोध जारी राखेपछि  २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिनुभयाे।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा