बनेपा । काभ्रे प्रहरीले किशोरीहरूलाई यौन धन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ।
बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका–६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको हो।
बनेपा–८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरी पछि सो क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख रेशम बोहोरा जानकारीले दिनुभयो। उहाँका अनुसार उक्त होटेलबाट अनैतिक कार्यमा संलग्न गराइएका ३ जना किशोरीहरूलाई उद्दारसमेत गरिएको छ।
जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई थप अनुसन्धान थालिएको छ।