आपसी सहकार्यका विषयमा अमेरिकी राजदूत थम्पसन र होटल संघ पोखरा नेपाल बीच छलफल

author

समाचारपाटी

२ years अगाडि

पोखरा। होटल संघ पोखरा नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनविच आपसी सहकार्यका विषयमा हालै पोखरामा छलफल भएको छ । सो अवसरमा संघका महासचिव राजेन्द्र ढकाल र टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका बारेमा जानकारी गराउनुभएकाे थियाे ।

अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरु संवेदनशील रहेको बताउँदै महासचिव ढकालले विगतमा अमेरिकी दुतावाससँग संघ नजिक रहेर काम गरेको र भविश्यमा पनि त्यस्ताे सहकार्यप्रति आफूहरु आसावादी रहेको भनाई राख्नुभयाे । पछिल्लो समयमा नेपाल घुम्न आउने अमेरिकी पर्यटकको संख्यामा बढोत्तरी देखिएको पनि उहाँले अवगत गराउनुभयाे ।

सुन्दर पर्यटकीय नगरी पोखरामा राजदूत डिन र अमेरिकी दुतावासका अधिकारीहरुलाई स्वागत गर्न पाउँदा संघ खुसि भएको बताउँदै ढकालले औपचारिक रुपमै पोखरा छिटै नेपालको पर्यटकीय राजधानी बन्ने जानकारी गराउनुभयाे । सुन्दर ताल, हिमाल र विविध संस्कृति यहाँको विशेषता रहेको पनि महासचिव ढकालले सो अवसरमा बताउनुभयाे ।

झण्डै चार दशकदेखि संघले पर्यटकीय सेवा सुविधालाई गुणस्तरीय बनाउनेतर्फ काम गर्दै आएको स्मरण गराउँदै ढकालले यस क्षेत्रको होटल उद्योगमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको जानकारी गराउनुभयाे । रोजगारी सिर्जना गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै गरिवीको अन्त्य गर्ने संघको उद्धेश्य रहेको पनि उहाँले बताउनुभयाे ।

कोभिड १९ पछि पोखराको पर्यटन क्षेत्र पनि मारमा परेको बताउँदै उनले पर्यटकीय सेवा सुविधामा कुनै कमि नहुने गरी अफ्ठ्यारो अवस्थामा पनि आफूहरुले सेवा गरिरहेको सुनाउनुभयाे । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले सेवा सुरु गरिसकेको र पृथ्वी राजमार्गको स्तरोन्नती पनि केही अवधिमा सकिने बताउँदै ढकालले पर्यटकीय पूर्वाधारका हिसावले पोखरामा कुनै समस्या नभएको बताउनुभयाे ।

पोखरामा अमेरिकाका ब्लगर, ट्राभल राइटर र पत्रकारहरुलाई निमन्त्रणा गर्न र भ्रमण गराउनका लागि दूतावाससँग आवश्यक सहकार्य गर्न संघ तयार रहेको पनि ढकालले जानकारी गराउनुभयाे । पोखराको पर्यटन क्षेत्रमा लगानीका लागि अहिलेको उपयुक्त समय भएको बताउँदै उहाँले द्विपक्षीय व्यापारिक लाभका लागि संघले आवश्यक भूमिका खेल्न सक्ने सुनाउनुभयाे ।
कार्यक्रममा राजदूत थम्पसनले पदयात्रामा जाने पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरिएको विषयप्रति चासो व्यक्त गर्नुभएकाे थियाे । तत् पश्चात् टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पर्यटकको सुरक्षाको लागि पथप्रदर्शको व्यवस्था गरिएको जानकारी गराउनुभयाे ।


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन