fbpx

हानले माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउने

author

समाचारपाटी

१ year अगाडि

होटल संघ नेपालले माघ २ गते  काठमाडौंमा नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ । होटल क्षेत्रको समग्र विकासमा मद्दत पुर्याउने उद्देश्यले संघले पहिलोपटक नेपाल सत्कार दिवस मनाउन लागेको हो । संघका अध्यक्ष विनायक साहले होटेल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरू र चुनौतिबारे समिक्षाको लागि सत्कार दिवस बनाउन लागेको बताउनु भयो । उहाँले  ५८ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिगत रुपमा दर्ता भएको सम्झनामा नेपाल सत्कार दिवस मनाउन लागेको बताउनु भयो । उहाँले आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुराहरुमा  सरोकारवालहरुसँग छलफल गरी कार्यनीति अगाडि ल्याउने बताउनु भयो । संघले तयार गरेको नेपाल होटल इयरबुक–२०२४ र इ–लर्निङ प्लेटफर्म’ मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक सार्वजनिक गरिने बताउनु भयो । उत्सवमा सातै प्रदेशको रैथाने मौलिक खानाहरु स्वदेशी र विदेशी गरी ३ सय जना पाहुनालाई सत्कार गर्ने बताउनु भयो । उहाँले संघले सत्कार दिवसलाई आगामी वर्षदेखि निरन्तरता दिने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘ २०२३ पर्यटन आगमनमा सुखद् रह्यो । १० लाख भन्दा बढी पर्यटकहरु नेपालमा आउनुभएको छ । त्यही रुपमा सडक मार्ग हुँदै भारतीय पर्यटक आएको र आन्तरिक पर्यटक पनि वृद्धि भएकाले २०२३ राम्रो रह्यो । यो भन्दा अगाडि जानसक्ने क्षमता छ । ३० देखि ३५ लाख पर्यटकलाई थेप्न सक्ने क्षमता पर्यटन पूर्वाधार पुगेको छ । त्यति प्रर्यटक भित्र्याउने लक्ष्य छ । त्यसको लागि माघ २ गते सात्कार दिवस नेपाल हस्पिटालिटी डे भनेर काठमाडौंमा मनाउँदैछौं । यसले समग्र होटल उद्योगको अहिलेको अवस्था,होटलको सम्भावना र चुनौतिका विषयमा समिक्षा गछौं । आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुराहरुमा सरकारसँग बसेर कार्यनीति अगाडि ल्याउँछौं । ५८ वर्ष अघि माघ २ गते होटल संघ नेपाल विधिगत रुपमा दर्ता भएको थियो । त्यही दिनलाई दिवसको रुपमा मनाउन सत्कार दिवस पहिलो पटक मनाउँदै छौं । यसमा नेपाल होटल इयरबुक–२०२४’ तयार गरेका छौं र ‘इ–लर्निङ प्लेटफर्म’मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक पनि सार्वजनिक छौं । सातै प्रदेशको रैथाने मौलिक खानाहरु स्वदेशी र विदेशी ३ सय जना पाहुनालाई खुवाउँछौं । यो अब निरन्तर मनाउँछौं । यसले समग्र होटलको विकासमा मदत पुर्याउँछ ।’

उहाँले २०२३ पर्यटक आगमनको हिसावमा सुखद् रहेको भन्दै आगामी वर्ष थप वृद्धि गर्नेगरी काम गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले २०२३ मा १० लाख पर्यटक नेपालमा आगमन भएको भन्दै ३० देखि ३५ लाख पर्यटकलाई धान्नसक्ने क्षमताका पर्यटन पूर्वाधार बनेको भन्दै त्यति पर्यटक भित्र्याउने लक्ष्यकासाथ सरकार र निजी क्षेत्र अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...