fbpx

होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिन हानको माग

author

समाचारपाटी

९ महिना अगाडि

होटल संघ नेपाल (हान) ले होटलहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिनेगरी औद्योगिक व्यवसाय ऐन र नियमावलीमा संशोधन गर्न सरकारसँग माग गरेको छ । 

मंगलवार काठमाडौंमा आयोजना गरेको सत्कार दिवस कार्यक्रममा संघले सरकारसँग यस्तो माग गरेको हो । होटलहरु उद्योगमा दर्ता भएपनि सरकारी ऐन, नीति र नियमले सेवा व्यवसायको रुपमा वर्गिकरण गरेका कारण उर्जा,पूर्वाधार र भन्सार लगायतका क्षेत्रबाट पाउने सुविधामा सहज व्यवहार नभएको गुनासा संघको छ । कार्यक्रममा बोल्दै संघका अध्यक्ष विनायक साहले होटलहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिनेगरी औद्योगिक व्यवसाय ऐन र नियमावलीमा संशोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारको नीति र नियमले होटलहरुलाई सेवा व्यवसायको रुपमा हेर्दा होटलहरुले विद्युत लगायत अन्य सरकारी सुविधाहरुबाट वञ्चित भएको बताउनु भयो । उहाँले भैरहवा क्षेत्रका होटलहरु बैंकको ब्याज र किस्ता समयमा नै तिर्न नसक्दा कालोसूचिमा परेको अवस्था रहेको बताउनु भयो । उहाँले होटल क्षेत्रका समस्या समाधानको लागि हालको मौजुदा स्थितिको सुक्ष्म समिक्षा सोेही अनुरुपको राष्ट्रिय नीति र कार्ययोजना आवश्यक रहेको बताउनु भयो । पर्यटन क्षेत्रको विद्यमान ऐन नियमहरुमा सुधारको आवश्यकता औल्याउनु भयो । सरकारले घोषणा गरेको २०२३ देखि २०३२ को पर्यटक दशक पहिलो वर्ष बितिसक्दा पनि कार्यानवयन पक्ष मौन रहेको उहाँको आरोप छ । अध्यक्ष साहले  नेपालमा ३५ लाख पर्यटक धान्नसक्ने पर्यटकीय पूर्वाधारहरु बनिसकेको भएपनि होटलहरु ५० प्रतिशत कममा सञ्चालनमा रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘नेपालमा ३५ लाख पर्यटक धान्नसक्ने पर्यटकीय पूर्वाधारहरु बनिसकेको छ । २०२३ मा १० लाख भन्दा बढी पर्यटकहरु भित्रिएका छन् भने सडक मार्ग हुँदै आउने भारतीय पर्यटक र फस्टाउँदै गएको आन्तरिक पर्यटकहरुको संख्या समेत जोड्ने हो भने करिव १७ लाख पर्यटक आगमन भएको अनुमान छ । यसरी हेर्दा सप्लाईको आधा मात्रै माग रहेको देखिन्छ । कतिपय होटलहरु घाटामा सञ्चालन भएको देखिन्छ । भैरहवा क्षेत्रका होटलहरु बैंकको ब्याज र किस्ता समयमा नै तिर्न नसक्दा कालोसूचिमा परेको अवस्था छ । समस्या समाधानको लागि हालको मौजुदा स्थितिको सुक्ष्म समिक्षा सोेही अनुरुपको राष्ट्रिय नीति र कार्ययोजना आवश्यक छ । पर्यटन क्षेत्रको विद्यमान ऐन नियमहरुमा व्यापक सुधारको आवश्यकता छ । पर्यटन ऐन २०३५ लाई समय सापेक्ष बनाउनुपर्ने छ । सरकारले घोषणा गरेको २०२३ देखि २०३२को पर्यटक दशक पहिलो वर्ष बितिसक्दा पनि कार्यानवय पक्ष मौन रहनु उदेक लाग्दो देखिएको छ । होटलहरु उद्योगमा दर्ता भएपनि सरकारी ऐन नीति नियमले सेवा व्यवसायको मात्रै वर्गिकरण गरेको कारण उर्जा,पूर्वाधार र भन्सार लगायतमा सहज व्यवहार प्राप्त गर्न सकेको छैन । होटलहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा दर्जा प्रदानगरी औधोगिक व्यवसाय ऐन र नियमावलीमा संशोधन गर्न माग गर्दछु । होटल पूर्वाधारअनुसार पर्यटक आगमन वृद्धि गर्न सबैको चुनौति छ ।’

संघका वरिष्ठ उपाध्यक्ष प्रविनबहादुर पाण्डेले पछिल्लो समय होटल क्षेत्रमा भइरहेको लगानीको आयामका कारण पर्यटन उद्योग राष्ट्रिय आर्थिक उन्नतिको क्रममा रहेको बताउनु भयो। उहाँले  सरकारले राष्ट्रिय राजमार्गको स्तरोन्नति,अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना,प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न गरे पर्यटक आगमन वृद्धि हुने अपेक्षा रहेको बताउनु भयो ।  उहाँले २०२३ को पर्यटन आगमनले होटल क्षेत्रमा उत्साह थपिएको बताउनु भयो । उहाँले विश्वमा कोभिडपछि ९० प्रतिशत पर्यटक वृद्धि भएको उल्लेख गर्नुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरउन्नती,पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन ल्याउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो,‘पछिल्लो समय होटल क्षेत्रमा भइरहेको लगानीको आयाम गुणस्तरप्रतिको सजगताले गर्दा पर्यटन उद्योग आर्थिक राष्ट्रिय उन्नतिको क्रममा रहेको छ । राष्ट्रिय राजमार्गको स्तरउन्नति,अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना,प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु,वाह्य पर्यटकमा वृद्धि हुनु र विदेशी मुद्राको प्रवद्र्धनमा प्रत्यक्ष तत्परता देखाउनु होटल क्षेत्रको लागि उत्साहजक संकेतहरु हुन् । विश्वमा कोभिडपछि ९० प्रतिशत पर्यटक वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरउन्नती,पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन ल्याउनु आवश्यक छ । गुणस्तरीय पर्यटन विकासमा होटल संघ नेपाल प्रतिवद्ध छ । कानूनी दायरामा नआएका होटलहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने आवश्यकता छ । नेपाललाई उत्कृष्ट पर्यटक गन्तव्य बनाउनको लागि काम गर्न आवश्यक छ । सन २०२५ लाई नेपाल पर्यटन वर्ष घोषणा गर्नको लागि सरकारसँग माग गर्दछौं । अहिलेको भन्दा दोब्बर पर्यटक ल्याउने पर्यटन व्यवसायी र होटलहरु तयार छौं ।’

गुणस्तरीय पर्यटन विकासमा होटल संघ नेपाल प्रतिवद्ध रहेको उहाँको भनाई छ । नेपाललाई उत्कृष्ट पर्यटक गन्तव्य बनाउनको लागि काम गर्न आवश्यक छ ।  उहाँले सन २०२५ लाई नेपाल पर्यटन वर्ष घोषणा गर्नको लागि सरकारसँग माग गर्नुभयो । 


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन