fbpx

रोहन र निशिकालाई मोडल अफ इराको ताज

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सी ‘मोडल अझ इरा’ चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् । जितसँगै बिजेताले पुरस्कारको रूपमा नगद २५ हजार रुपैयाँका साथै अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङहरूमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर आदी प्राप्त गरेका छन् ।

काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ ९ र पुरुषतर्फ ८ गरी कुल १७ प्रतियोगी सहभागी थिए । कृजोना मिडिया ग्रुपले आयोजना गरेको प्रतियोगितामा फस्ट रनर अपको उपाधि अस्मिता मगर र सिद्धान्त राज शाह साथै सेकेन्ड रनर अपको उपाधि शिला नेपाली र रोहित शाहले जितेका छन् ।

प्रतियोगितामा मस्ट पपुलरमा रोहन थापा मगर र जश्मिन कलवार, बेष्टवाकमा राजा अन्सारी र अस्मिता बुढाथोकी मगर, बेस्ट फिजिकमा सिद्धान्तराज शाह, बेस्ट फिगरमा स्रिज्मा केसी, बेस्ट पर्सनालिटीमा डेभिल थापा मगर र समृद्धि रेग्मी, मस्ट कन्फिडेन्टमा रवी शाह र निशिका श्रेष्ठ, मस्ट फोटोजेनिकमा रोहन थापा मगर र शीला नेपाली, मस्ट ट्यालेन्टेडमा रोहित शाह र अप्रिस्का सेढाइ, भिउवर च्वाइस अवार्डमा रोहन थापा मगर र छोटी शेर्पा साथै बेस्ट स्माइलमा नमोजी गुप्ता र अञ्जना बुढाले सहउपाधिका अवार्डहरू प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा अन्तर्राष्ट्रिय मोडेल तथा नायक दीपक घिमिरे, मोडेल युसा मगर, फेशन डिजाइनर मिनु श्रेष्ठ, विशाल श्रेष्ठ, मोडेल तथा नायक मनिष राउत र मोडेल तथा कलाकार मारिया कार्की रहेका थिए ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर