काठमाडौं। मौसम परिवर्तनसँगै अहिले नेपालमा हङकङ फ्लूु फैलने क्रम तीव्र बनेको छ । सन् २०२५ को शुरूदेखि नै नेपालमा मौसमी फ्लू भनिने एचवान एनवान पीडीएम नाइनु प्रजातिको भाइरसलाई विस्थापित गर्दै एचथ्री एनटूु प्रजातिअन्तर्गतको भाइरस अर्थात् हङकङ फ्लूु बढी फैलिएको पाइएको छ ।
हङकङ फ्लूले लामो समयसम्म खोकी र स्वास्थ्य समस्याहरू उत्पन्न गर्छ । यसबाट विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र दीर्घ रोगीहरू जस्तै– दम, मुटु रोग र मधुमेहका बिरामीहरूलगायतका उच्च जोखिममा पर्न सक्छन् ।
हङकङ फ्लूको सङ्क्रमण हुँदा ज्वरो, खोकी, टाउको दुखाइ, नाकबाट पानी बग्नु र घाँटी दुख्ने लक्षण देखिएका छन् । मौसमी फ्लूका जस्तै लक्षण हुने भए पनि यसमा कडा लक्षण लामो समयसम्म रहेको पाइन्छ ।
अहिले नेपालमा फ्लूविरुद्धको खोप उपलब्ध रहेकाले इन्फ्लुइन्जाविरुद्धको खोप लगाउँदा अवस्था जटिल हुनबाट बच्न सकिने छ ।