fbpx

हङकङ र थाइल्याण्ड एशिया यु–२० रग्बी सेभेन्समा च्याम्पियन

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं ।  हङकङ र थाइल्याण्डले नेपालमा भएको एशिया यु–२० रग्बी सेभेन्सको उपाधि जितेका छन् । 


एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आईतवार सम्पन्न यु–२० रग्बी सेभेन्समा हङकङले पुरुषमा र थाइल्याण्डले महिलामा उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्पm सम्पन्न डबल राउण्ड रोविन लिगमा स्कोरअन्तरको आधारमा हङकङलाई पछि पार्दै उपाधि जितेको हो । चार राष्ट्र सहभागी लिगमा हङकङ र थाइल्याण्डले समान १६ अंक प्राप्त गरेको थियो । तर, १३ स्कोरअन्तरमा हङकङलाई पछि पार्दै थाइल्याण्ड च्याम्पियन भयो । 
यी दुईबीच पहिलो लेगमा हङकङले १२–७ ले जित्दा दोस्रो लेगमा थाइल्याण्डले १९–१२ ले बदला लिन सफल भयो । लिगकै अन्तिम खेलमा हङकङले मलेसियामाथि ५०–७ को जित रचे पनि उपाधिका लागि पर्याप्त भएनन् र थाइल्याण्डले विजयी उत्सव मनायो । मलेसिया तेस्रो हुँदा नेपाल पुछारमा रह्यो । पुरुषतर्पm फाइनलमा भने हङकङले मलेसियामाथि १९–१४ को जित निकाल्दै उपाधि उचाल्यो । अन्तिम ३० सेकेण्ड बाँकी छँदा दुवै टोली १४–१४ अवस्थामा थिए । 


तर, हङकङले अन्तिम समयमा ट्राइ गर्दै जित दर्ता गर्न सफल भयो । शनिवार नै भएको पाँचौं स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ ले हार व्यहो¥यो । अन्तिम २० सेकेण्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार व्यहोरेको हो । प्रतियोगिताको विजेताद्वय हङकङ र थाइल्याण्डलाई एसिया रग्बीका अध्यक्ष कायस अल धलाईले ट्रफी हस्तान्तरण गरेका थिए । 


राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव एवं एशिया रग्बीका कार्यकारी सदस्य टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले खेलाडीलाई पदक हस्तान्तरण गरेका थिए । दुई दिने प्रतियोगितामा पुरुषमा सात टोलीबीच लिग कम नकआउटका आधारमा प्रतिष्पर्धा भएको थियो । महिलामा भने चार टोलीबीच डबल लिगमा प्रतियोगिता भएको थियो ।  


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक