fbpx

‘विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालय कुनै काम नगर्ने ग्यारेन्टी’:-गृहमन्त्री रवि लामिछाने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विधि र मान्यताबाहिर गएर गृहमन्त्रालयले कुनै काम नगर्ने बताउनुभयाे। बिहीबार संसद बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले अपराध नियन्त्रण गर्न गृहमन्त्रालयले जुन प्रतिवद्धता गरेको छ त्यसबाट टसमस नहल्लिने बताउनुभएकाे हाे।

संसदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद पनि भएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग्नुभएकाे थियाे।

उहाँको प्रश्नलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले गृहमन्त्रालय र आफू विधिको शासन कायम गर्न नचुक्ने बताउनुभएकाे हाे।

कांग्रेसका सांसदले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएको जानकारी गराएपछि गृहमन्त्री लामिछानेले विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालय कुनै काम नगर्ने ग्यारेन्टी गर्दै कानूनी प्रक्रियामा कसैको दवाव र प्रभाव स्वीकार नगर्ने बताउनुभयाे।

उहाँले विधि स्थापीत गरेर कर्मचारीको सरुवा बढुवामा पनि विधिसम्मत ढंगले काम गर्ने र कसैको भनसुन नलाग्ने, अपराध नियन्त्रणमा यस्तै किसिमको व्यवस्था गर्ने प्रतिवद्धता गृहमन्त्रालय टसमस नहल्लिएको स्पष्ट पार्नुभयाे। गृहमन्त्री लामिछानेले आगामी दिनमा पनि यसलाई प्रभावित गर्नका लागि कसैबाट कुनै पनि दवाव र प्रभाव आउनेछैन भन्ने विश्वास व्यक्त गर्नुभयाे।

त्यसअघि बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेको संसदमा रहेको सुनिएको भन्दै उक्त सांसदको मतदान प्रक्रिया रोक्न आग्रह गर्नुभएकाे थियाे। फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरी यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पनि संसदमा सहभागी हुनुभएकाे थियाे।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन