fbpx

गृहमन्त्रीमाथि छानवीन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग कायमै

author

समाचारपाटी

८ महिना अगाडि

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगि प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानवीन गर्न संसदीय छानवीन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । 


आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि छानविन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुग्नुभएको भन्दै यसले संशय पैदा भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीश जस्तो गरी क्लिनचिट दिनुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले ठुलो माछालाई काखिमा च्यापेर सानो माछा खोज्नुभएको बताउनु भयो । उहाँले चाँडो भन्दा चाँडो संसदीय समिति बनाउन माग गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटनाक्रमहरुले एउटा संशय पैदा भएको छ कि यसको न्याय निरुपण कसरी हुन्छ ? प्रधानमन्त्रीले छानवीन गर्छु भन्ने, ठुलो माछा काखिमा च्यापेर सानो माछाको मात्रै खोजी गर्ने कुराको प्रतिवद्धता देखाएर पुग्छ सभामुख महोदय ? हामीले गम्भिर प्रश्न उठाएका छौँ । हामी चाहन्छौँ, संसदीय छानविन समिति बनोस् । संसद हामीलाई आवश्यक छ । प्रमुख प्रतिपक्षको रुपमा हामीले उठाएको यो मुद्दामा सम्पूर्ण संसदको ध्यानाकर्षण गराउन चाहन्छौँ । जिम्मेवार पार्टीका साथीहरुलाई पनि यसप्रति गम्भिर हुन आग्रह गर्न चाहन्छौँ । सरकार यसप्रति गम्भिर बनोस् । संसदीय समिति बनाओस् । यो कुरा चाँडो भन्दा चाँडो निष्कर्षमा पुगोस् । होइन भने यो मुद्दा बारम्बार उठाइरहने छौँ । जनताकोमा लिएर जानेछौँ । बाध्य भयौँ भने रोष्टम घेर्ने ठाउँमा पनि पुग्नसक्छौँ ।’ संसदीय छानवीन समिति नबनेमा काँग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन