fbpx

उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्दा अवरोध नगर्ने विपक्ष दलहरुको निर्णय

author

समाचारपाटी

४ हप्ता अगाडि

नेपाली काँग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्दा अवरोध नगर्ने निर्णय गरेका छन् ।


उपप्रधानमन्त्री लामिछाने र सत्तारुढ प्रमुख घटक एमालेले सहकारी प्रकरणबारे लगाइएको आरोपको खण्डन गर्न संसदमा पाउनुपर्ने अडानमा विपक्ष दलहरु काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आईतवार बसेको बैठकले सहमती दिएको हो । गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्ने आफूहरुको प्रश्ताव विपक्ष दलहरुको आज बसेको बैठकले पारित गरेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिनुभयो । बैठकमा विपक्ष दलहरुले उपप्रधानमन्त्री लामिछानेले बोलिसकेपछि उहाँको सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानविन समिति नबन्दासम्म संसद चल्न नदिने अडान भने यथावत राखेको छ । 

राप्रपाका प्रमुख सचेतक शाहीले भन्नुभयो, ‘आधिकारिक निर्णय हो आज कि गृहमन्त्रीले बोल्नु पर्छ । उहाँको कुरा सुन्नुपर्छ । उहाँले बोल्न पाउनुपर्छ भनेर हामीले प्रश्ताव राखेका थियौं । आज सो प्रस्ताव पारित भएको छ । र गृहमन्त्रीले बोल्ने हो । उहाँले बोलून । उहाँको कुरा सुन्न प्रतिपक्ष तयार छ ।  ’

बैठकमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका प्रमुख सचेतक शाहीलगायतका नेताहरु सहभागी हुनुभएको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन