fbpx

आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्ने ठमेल—दबारमार्ग २४ सै घण्टा खुला गर्न लागेका हौंः रवि लामिछाने

author

समाचारपाटी

१२ महिना अगाडि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा रात्रिकालिन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी गर्ने लागेको दाबी गर्नुभएको छ । 

शुक्रवार रात्रिकालिन व्यवसाय सञ्चालनसरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले रात्रिकालिन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिद्धता जनाउनु भयो । गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई वेबस्था गर्ने गरी नजाने बताउनु भयो । उहाँले उनीहरुको समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पार्नुभयो । स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै अगाडि बढ्ने उहाँको भनाई छ । गृहमन्त्री लामिछानेले धेरै मानिसहरु सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरुको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताउनु भयो । उहाँले ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक हुने बताउनु भयो । उहाँले २४ सै घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताउनु भयो । पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोवास गर्नेहरुको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठमेलको हकमा दुईवटा कुरा रहेको बताउनु भयो । उहाँले व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गर्नुभयो । उहाँले शहरमा राति पेट्रोल हाल्ने ठाउँ नभएको भन्दै काठमाडौं शहर त्यस्तो मृत्य शहर नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘म लोकतन्त्रमा विश्वास गर्ने मान्छे हो । रात्रिकालिन व्यवसाय सञ्चालन गर्नुहुन्न भन्ने कम आवाज भएका साथीहरुको कुरा सुन्नुपर्छ भन्ने लाग्छ । उहाँहरुका समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने कुरामा स्पष्ट छु । उहाँहरुले खोल्न दिँदैनौं भन्नुभएको छैन । दिन्छौं तर स्थानीय र घरधनीको अधिकार सुरक्षित बनोस् । त्यहाँ भएको आफ्नै किसिमको जीवन शैली छ । त्यसलाई पनि मध्यनजर राखियोस् भन्नेकुरा भनेको बुझेको छु । यी सबै कुराहरुलाई मध्येनजर राखेर मात्रै अगाडि बढीने सुनिश्चिता दिलाउन चाहन्छु । धेरै मानिसहरु सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा अल्पसंख्यक कम मत भएकाहरुको विचारलाई अबमूल्यान गरेर जाने पक्षमा सरकार छैन । त्यो लोकतन्त्रको चरित्र पनि होइन । ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक छ । २४ घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुन्छ । पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोबास गर्नेहरुको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुन्छ । ठमेलको हकमा दुईवटा कुरा छन् । आमाको निन्द्रा र छोराको सपना । आमाको निन्द्रा र छोराको सपना पनि आयो । सरकारको प्रयास ठमेलमा रात्रिकालिन व्यवसाय आमाको निन्द्रा पनि जोगाउन र छोराको सपना पनि पूरा गर्ने हो । व्यवासाय जोगाउनको लागि सरकारले जोगाउन यो कदम चालिएको हो । शहरमा राति पेट्रोल हाल्ने ठाउँ थिएन । काठमाडौं शहर त्यस्तो मृत्यु शहर हो । जहाँ रातको समयमा पेट्रोल पनि हाल्न पाइँदैन । म आएपछि प्रहरीका पेट्रोल पम्प खुला गरेका छौं ।’

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रहरी प्रशासनलाई ठमेल र दरबारमार्ग २४ घण्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि व्यवासायीहरुकोमा गएर खाना नखान निर्देशन दिनुभयो । उहाँले सल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बाहनामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसरहरु,कर्मचारीहरुलाई एक छाक पनि खुवाउनु नपर्ने बताउनु भयो । उहाँले प्रहरीहरुले आफ्नै खाना खाने भन्दै प्रहरीहरुलाई खाना खुवाउने,राख्ने र उपहार दिने व्यवासायीहरुले गरे व्यवसायमा ताला लाग्ने चेतावनी दिनुभयो । उहाँले त्यो लोभ प्रहरीहरुले नराख्ने दाबी गर्नुभयो । गृहमन्त्री लामिछानेले व्यवसायीहरुले प्रहरीसँग सम्बन्ध बढाउने काम गर्नु नपर्ने भन्दै व्यवसायको सुरक्षा प्रहरीेले भन्दा पनि सुरक्षा नीतिले गर्ने बताउनु भयो । गृहमन्त्रालयको नीति व्यवसायीहरुलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने भएको दाबी थियो । उहाँले व्यवसायीहरुले कुनै प्रहरी अफिसरको चाकडी गर्नु नपर्ने भन्दै वर्तमान सरकार त्यो फेवर भन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्न लागेको उल्लेख गर्नुभयो । उहाँले सरकारको ध्यान श्रम गरिरहेका श्रमिकहरुको श्रम शोषण,महिला दिदि बहिनीहरु सुरक्षित छन वा छैनन्, कम उमेरका बालबालिकाले त्यहाँ लागुपदार्थ दुव्र्यसनमा भए÷नभएको विषयमा ध्यान जाने बताउनु भयो । उहाँले लागुपदार्थ दुव्र्यसनीको कार्य भएको पाइए प्रहरीलाई पसल व्यवसायमा सिल लगाउने अधिकार दिने बताउनु भयो । उहाँले  लागुऔषधको अखडा,विभिन्न यौन हिंसा,महिलाहरु माथि दुव्यवहार भएको शहरको सरकारले परिकल्पना नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रहरी प्रशासनलाई म स्पष्ट निर्देश के गर्न चाहन्छु भने पसल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बाहनामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसरहरु,कर्मचारीहरुलाई एक छाक पनि खुवाउनु पर्दैन । उहाँहरु आफ्नै खाना खानुहुन्छ । आफ्नै ढङ्गले आउनुहुन्छ । उहाँहरुलाई खुवाउने,राख्ने र उपहार दिने गर्नुभयो भने तपाईहरुको व्यवसायमा ताला लाग्नसक्छ । त्यो लोभ प्रहरीहरुले राख्ने छैनन् । व्यवसायीहरुले प्रहरीसँग सम्बन्ध बढाउने होइन । तपाईहरुको सुरक्षा त्यहाँ बसेको प्रहरीेले गर्ने होइन, सुरक्षा नीतिले गर्ने हो । गृह मन्त्रालयको नीति व्यवसायीहरुलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने हो । नीतिले तपाईलाई बचाउँछ । व्यवसायीहरुले कुनै प्रहरी अफिसरको चाकडी गर्नुपर्दैन । त्यो फेवर भन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्नको लागि हामी आएका हौं । सरकारको ध्यान श्रम गरिरहेका श्रमिकहरुको श्रम शोषण भएको छकी छैन भन्नेमा विशेष ध्यान जाने छ । त्यहाँ महिला दिदि बहिनीहरु सुरक्षित छन की छैनन् । त्यहाँ हाम्रो ध्यान जानेछ । कम उमेरका बालबालिकाले त्यहाँ लागुपदार्थ गरिरहेका छनकी छैनन् त्यहाँ ध्यान जाने छ । त्यस्तो भयो भने पसल व्यवसायमा शिल लगाउने अधिकार दिन्छौं । लागुऔषधको अखडा,विभिन्न यौन हिंसा,महिलाहरु माथि दुव्र्यवहार भएको शहर हामीले परिकल्पना गरेको होइन । २४ घण्टा शहर खोल्नु भनेको रक्सी खाएर होहल्ला गर्नु भनेको होइन ।’

गृहमन्त्री लामिछानेले ठमेल लगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनामा गृह मन्त्रालयले एक्शन पलान बनाइरहेको बताउनु भयो । उहाँले प्रहरी प्रशासनलाई आज नै देशभर गुण्डागर्दी गर्नेहरुको नाम लिस्ट लिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल
 


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...