fbpx

‘संविधान निर्माण र संशोधन एउटा वा दुइवटा पार्टीको इच्छा वा चाहनाले हुने कुरा होइन’:-रमेश लेखक

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन कुनै पार्टीको इच्छाले मात्र हुने विषय नभएको बताउनुभएकाे छ। धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधान निर्माण र संशोधनको विषय एउटा वा दुइवटा पार्टीको इच्छा वा चाहनाले मात्र हुने कुरा नभएको बताउनुभएकाे हाे।

‘संविधान निर्माण र संशोधन एउटा वा दुइवटा पार्टीको इच्छा वा चाहनाले हुने कुरा होइन। सबै दलहरूका बीच सहमति गरेर मात्रै संविधान संशोधन हुन्छ’,लेखकले भन्नुभयाे। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीलाई थप मजबुत गर्ने गरी संविधान संशोधन हुने बताउनुभयाे। उहाँले संविधान निर्माणका क्रममा पनि सबै दलहरूका बीच सहमति निर्माण नेपाली कांग्रेसले गरेको स्मरण गर्नुभयाे।

लेखकले नेपाली कांग्रेस र एमालेको गठबन्धनलाई कसैले अप्ठ्यारो पार्न खोजे पनि सम्भावना नभएको दाबी गर्नुभयाे। ‘अहिलेको समीकरणमा नेपाली कांग्रेस र नेकपा एमालेबीच अत्यन्त सौहार्दपूर्ण ,अत्यन्त सरल र अत्यन्त राम्रो वातावरण छ।’ उहाँले भन्नुभयाे,‘कुनै खालको कन्फ्युजन र अप्ठ्यारो समस्या छैन। यसमा कसैले अप्ठ्यारो समस्या पार्न खोजे पनि पर्न सक्ने सम्भावना छैन।’

उहाँले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा सैद्धान्तिक रूपमा प्रहरी समायोजन विषयमा दिएको विषयलाई अतिरञ्जित ढंगबाट बाहिर ल्याइएको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘मेरो कुरा भाको छ। कुनै सन्दर्भमा त्यो भनेको हो। जुन ढंगले बाहिर आयो। त्यस्तो भनेको छैन भनेर भन्नु भएको छ।’ गुरुङले प्रहरी महानिरीक्षकले संविधानमा उल्लेख भएको विषय कार्यान्वयन गर्दिनँ भन्न मिल्छ र रु भन्दै प्रश्न गरेका थिए। उहाँले प्रहरी ऐनका विषयमा छलफल भएका घटनालाई इंगित गरेका थिए।


काठमाडौं

आइतवार, कार्तिक १८, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक