fbpx

भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्नु सरकारको पहिलो प्राथमिकताः गृहमन्त्री रमेश लेखक

author

समाचारपाटी

३ हप्ता अगाडि

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गर्दै मुुलुकमा सुशासन कायम गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।


बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचारजन्य कार्यमा शुन्य सहनशीलता र सुशासनको सुनिश्चितता सरकारको दायित्व र कर्तव्य भएको बताउनुभएको उल्लेख गर्दै सरकार प्रतिवद्ध भएर लागेको बताउनु भयो । उहाँले संविधानको कार्यान्वयनको लागि आवश्यक पर्ने विधेयकहरु छिट्टै सदनमा ल्याइने समेत बताउनु भयो । उहाँले मुलुकमा सुशासन कायम गर्न र वर्तमान व्यवस्थाको थप सुदृढिकरणका लागि आवश्यक पर्ने कानून निर्माणमा सरकार प्रतिवद्ध भएर लागेको समेत बताउनु भयो ।  

उहाँले भन्नुभयो, ‘अब सरकारले पनि चाँडोभन्दा चाँडो संविधानलाई कार्यान्वयन गर्ने र संविधानको भावनाअनुसार चल्नको लागि आवश्यक पर्ने विधेयकहरु सुशासन कायम गर्नको लागि, व्यवस्थाको थप सुदृढिकरण गर्नको लागि आवश्यक पर्ने विधेयकहरु सदनमा ल्याउँछ । म यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । सम्मानित सदन र समितिहरुले पनि चाँडो भन्दा चाँडो विधायनको कार्यलाई टुंगोमा पु¥याउने अभ्यास हामीले गर्नुपर्छ । किनभने अलि समय बढी लागिरहेको अवस्था छ । अर्को कुरा, भ्रष्टाचारको नियन्त्रण र सुशासनको सुनिश्चितता सरकारको सरकारको पहिलो कर्तव्य हो, दायित्व हो । अहिलेको यो सरकारको पनि यो प्राथमिकता हो । र हामी भ्रष्टाचारको नियन्त्रणका निमित्त भ्रष्टाचारका विषयलाई शुन्य सहनशीलताको रुपमा लिएका छौं । सुशासनको सुनिश्चितता हामी गर्न चाहन्छौं । त्यसको लागि यो विधेयक महत्वपूर्ण कडीका रुपमा रहनेछ । भ्रष्टाचारको नियन्त्रण, भ्रष्टाचारजन्य कार्यमा शुन्य सहनशीलता र सुशासनको सुनिश्चितता हाम्रो प्राथमिकता हो, दायित्व हा, कर्तव्य हो ।’


उहाँले सरकार सुशासन र आर्थिक, सामाजिक सुधारका काममा सक्रिय भएर लागेको उल्लेख गर्दै उहाँले काम गर्ने वातावरण बनाउन सबैसँग आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन