बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई रिहा गर्ने आदेशप्रति उपप्रधानमन्त्री श्रेष्ठको असन्तुष्टि

author

समाचारपाटी

१ year अगाडि

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायतका ३ जनालाई रिहा गर्ने अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

आईतवार प्रतिनिधि सभा अन्तर्गतको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले जिल्ला अदालत काठमाडौंमा २ दिनको म्याद दिएर अनुसन्धान नै गर्न नदिई गरिएको सो फैसला नेपालको न्यायिक इतिहासकै पहिलो फैसला भएको जिकिर समेत गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल प्रहरीले अपराध अनुसन्धान विभागले म्याद थप गर्न पाउने भएपनि त्यसको समय नदिएर त्यतिधेरै रोजगारी दिएको भन्ने जस्ता भाषा अदालतको फैसला आएको कुरालाई सम्बन्धित निकायले समिक्षा गर्नुपर्ने समेत बताउनु भयो । उहाँले सरकारले अदालतको निर्णय मान्ने भएकाले त्यसको कार्यान्वयन पूर्ण रुपमा हुने पनि बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले अदालतको सो निर्णयको कार्यान्वयन गर्ने र सरकारले त्यो मुद्दालाई अघि बढाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राज्यको कार्यकारी अंग सरकार हो । सरकारले राज्यको नेतृत्व गर्छ मूुलभुत रुपमा । तर राज्यका अरु अंगहरु पनि छन् । जुन शक्ति पृथकीकरणको सिद्धान्तअनुसार परिचालित छन् । उनीहरुलाई हामीले हस्तक्षेप गर्न मिल्दैन । त्यो ठिक वा बेठिक हुन पनि सक्छ अदालतले गरेको, अख्तियारले गरेको कारबाही । तर त्यसमा हामीले हस्तक्षेप गर्न मिल्दैन । कतिपय कुरा अदालतले निर्णय गरेका कुरा भन्दा हामीले गरेको भनेर अनुभुति पनि गरिराखेका हुन्छौं । तर अदालतले गरेको निर्णय लागू गर्नु बाहेक हामीले अरु केही गर्न सक्दैनौं । अहिलेकै कुरा गर्नुहुन्छ भने अरुण चौधरीलगायतको रिहाई अदालत गर्दियो । तर अदालतले गरेको निर्णय हामीले पालना गर्नुपर्छ । सरकार त्यसमा दृढ छ । हामी पालना गर्छौं । तर न्यायिक पद्धतिको कोणबाट यो निर्णयमा केही प्रश्न चाहीँ उठेको छ । जस्तो हामीले म्याद माग्यौं । म्याद अदालतले दुई दिन मात्रै दिनसक्छ । मैले यति कुरा त भन्नैपर्ने भो । मेरो अदालतप्रति पूरै सम्मान छ । अदालतको निर्णय हामी पूरै कार्यान्वयन गर्छौंं । तर २ दिन मात्रै म्याद दिनसक्छ । त्यो ओके । त्यसपछि त्यो सिआईबीको काम हो । त्यसपछि फेरि म्याद थप चाहियो भन्न पनि सक्छ, चाहिएन भन्न पनि सक्छ । चाहियो भनेर हामी गएपछि त्यसको निर्णय फेरि अदालतले गर्छ । तर अदालतले पहिला नै २ दिन भित्र सक्नु अनुसन्धान भनेर पुलिसलाई निर्देशन दिने अहिलेसम्मको न्यायिक इतिहासमा कहीँ पनि छैन । यो पहिलो हो । अनि, पेटबोलीमा पनि त्यहाँ यस्ता कुराहरु छन् । म्याद थपको सम्बन्धमा त्यहाँ घण्टौ बहस गराएको इतिहास पनि नेपालमा छैन । र फेरि त्यो म्याद दिने सन्दर्भमा त्यत्रो कामदारहरुको अभिभावक भन्ने जस्ता कुराहरु छन् । त्यो अदालतले नै सोच्ने कुरा हो । अदालतको सम्बन्धित निकायहरुले समिक्षा गर्ला वा सोच्ला भन्ने हामी चाहन्छौं । तर अदालतको निर्णय हामी कार्यान्वयन गर्छौं । अब रह्यो अदालतले अहिले पुर्पक्षमा नराख्ने भनेर न छोडेको हो । तर हामीले मुद्दा छोडेको छैन । यो मुद्दा अगाडि बढछ ।’उपप्रधानमन्त्री श्रेष्ठले सो मुद्दामा संलग्न जोकोहीलाई पनि कारबाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । गत २२ माघमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति सदस्य अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई २ दिनभित्र रिहा गर्न आदेश दिएको थियो । अदालतको सो निर्णय ठिक वा बेठिक जे भएपनि सरकारले त्यसलाई सम्मान गरेर अघि बढ्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन