भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैनः गृहमन्त्री नारायणकाजी श्रेष्ठ

author

समाचारपाटी

२ years अगाडि

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम दिन ढिला नगरिने बताउनुभएको छ । 

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार रुपैयाँ दिइने बताउनु भयो । उहाँले पहिलो किस्ता बुझेर आवास निर्माणको काम शुरु गर्नासाथै बाँकी २५ हजार रुपैयाँ बैंकमार्फत दिइने बताउनु भयो । दोस्रो किस्ता दिनका लागि पनि कुनै ढिलाइ नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले दुई किस्तामा दिइने भएपनि समयको ग्याप धेरै नहुने भएकाले एकै किस्ता दिए जसरी नै रकम प्रदान गरिने उल्लेख गर्नुभयो । 


उहाँले भन्नुभयो – ‘५० हजार नै एकैचोटी दिनु किन नहुने ? त्यसो गर्दा अलि सरल हुन्थ्यो कि भन्नेछ । त्यसमा हाम्रो सानो कुराले गर्दाखेरी हामीले नगरेको । तर हामीले एकैचोटी दिने जस्तैजस्तै गरेका छौँ । एकैचोटी जस्ता त राख्दैनौँ नि । घर बनाउने अलिकति मेसो, केही न केही घर बनाउन लागेको जस्तो देखियो भने एक दिनमा हामी जुन पैला २५ हजार दिन्छौँ । भोलि, पर्सिपल्ट नै माग्यो भने अर्को २५ हजार दिइहाल्छौँ । घर बनाउन थाल्यो, अस्थायी आवास भन्ने केही त देखौँ भन्ने एउटा कुरा । दोस्रो, पहिलो किस्ता खाता छैन भने नगदमै जाओस् । पछिल्लो किस्ता खातामा जाओस् । भनेर यो खाताको समस्या हल गर्न पनि हो । तर त्यो चाहीँ एक किस्ता जस्तै हुन्छ । खालि पहिला अलिकति बनाउन खोजिएको देखिनुपर्यो । त्यसको दुई दिन, तीन दिन जति दिनपछि भन्नुहुन्छ, खातामा पैसा पठाउने व्यवस्था गरेका छौँ । यो ५० हजारमा कुनै समस्या हुँदैन ।’

गृहमन्त्री श्रेष्ठले अस्थायी आवास निर्माणका लागि मात्रै ५ अर्ब रुपैयाँ चाहिने बताउनु भयो । उहाँले पुनर्निमाणको सम्बन्धमा आँकडा बनाएर दाता राष्ट्रहरु र दातृ निकायहरु सँग छलफल गरी योजना बनाएर काम गर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘यहीँ अस्थायी आवासको लागि पनि हामीलाई कम्तिमा ५ अर्ब रुपैयाँ चाहिन्छ । त्यसपछाडी हामी पुनर्निमाणमा जाँदाखेरी त धेरै ठूलो रकम खर्च गर्नुपर्ने स्थिति छ । पुनर्निमाणमा पनि ठूलै खर्च हुने स्थिति छ । पुनर्निमाणको हकमा मोटामोटी आँकडा बनाएर दाता राष्ट्रहरु सँग र दातृ निकायहरुसँग नि छलफल गर्ने प्रक्रियामा छौँ । र हामी पुनर्निर्माणको योजना बनाएर अगाडी बढ्छौँ ।’

बैठकमा बोल्दै गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जाजरकोटमा टेन्ट १ हजार ६३४ वटा, त्रिपाल ४१ हजार ४०२, ब्याङ्क्वेट ३१ हजार ६५४, म्याट्रेस १३ हजार ४९२ र स्लिपिङ ब्याग २ हजार ४८५ पठाइएको जानकारी दिनुभयो । त्यस्तै रुकुम पश्चिममा ८०३ वटा टेन्ट, त्रिपाल २२ हजार २५०, ब्ल्याङ्केट ६ हजार १७, पि फम ५ हजार २०१ वटा र स्लिपिङ ब्याग १ हजार ३१४ वटा पठाइएको बताउनु भयो । उहाँले हालसम्म आवास निर्माणका लागि जाजरकोटमा ५५ करोड, रुकुम पश्चिममा ५५ करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड, सल्यानमा २ करोड रुपैयाँ गरी जम्मा १ अर्ब ५१ करोड रुपैयाँ पठाइएको जानकारी दिनुभयो । 

भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा गरी कुल १५४ जनाको मृत्यु र ३६६ जना घाइते भएका उहाँले जानकारी दिनुभयो । जाजरकोटमा पूर्ण क्षति भएको घरको संख्या ९ हजार ७९४ र आंशिक क्षति २४ हजार घरमा भएको सचिव भट्टराईले बताउनु भयो । रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण क्षति, ९ हजार ९६१ आंशिक क्षति हुनुका साथै १६ वटा सार्वजनिक भवन पूर्ण क्षति र २१ वटा आंशिक क्षति भएको जनाइएको छ । त्यस्तै रुकुम पूर्वमा १५० घर, सल्यानमा ६ सय  बढी घर, रोल्पामा १०० बढी घर र प्युठानमा ३१ घरमा क्षति भएको उहाँले बताउनु भयो ।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ