fbpx

‘उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन प्रतिवद्ध छौं’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली वस्तु र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ । 


बिहीवार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँग गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीहरुसँग नक्कली वस्तु बेचबिखन,कालोबजारी नियन्त्रण र गुणस्तर अनुगमनका विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नक्कली वस्तु र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरिय वस्तु उचित मूल्यमा उपलब्ध गराउने विषयमा सरकारी निकायहरुले दत्तचित भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारले विगतका सकारात्मक कामहरुलाई निरन्तरता दिँदै उद्योग व्यवसाय क्षेत्रका समस्याहरु पहिचान गरेर कमजोरीलाई सच्याएर समस्यालाई समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले यसको लागि सरकारी निकायहरु, विभिन्न उद्योग व्यवसायीहरु र उपभोक्तावादी संस्थाहरु छलफल गर्ने प्रभारम्भिक छलफलको शुरुवात गरेको बताउनु भयो । गृहमन्त्री श्रेष्ठले जसले कानूनको उल्लङ्घन गरेर बेथिति ल्याउने काम गर्छ उसलाई सरकारले कुनै हालतमा छुट नदिने उल्लेख गर्नुभयो । उहाँले कानूनको पालना नगर्नेहरुलाई अनुगमन गरी कडा कदम चाल्ने बताउनु भयो। उहाँले गुणस्तरिय वस्तुहरु सहज  रुपमा उचित मूल्यमा उपलब्धतामा समस्या रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई लयमा ल्याएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै अर्थतन्त्रलाई सुधार गरेर समृद्धको लक्ष्यमा पुग्न पनि समस्या रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो,‘यहाँ वस्तुहरु गुणस्तरमा पनि समस्याहरु छन् । सहज उपलब्धमा पनि समस्या छ । मूल्यमा पनि समस्या छ भन्ने कुराहरु पनि आइरहेका छन् । तर हामीले अर्थतन्त्रलाई लयमा ल्याएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै अर्थतन्त्रलाई सुधार गरेर समृद्धको लक्ष्यमा पनि केही समस्याहरु देखापरेका छन् । कसरी राज्यलाई सृदृढ बनाउने,अर्थतन्त्रलाई कसरी लयमा ल्याउन सक्ने र सबै कुरालाई समन्वयात्मक रुपमा अगाडि बढाउने र अर्कोतिर उद्योग व्यवसायमा जहाँ अनियमितता भएको छ । त्यहाँ सरकारले ठिक ढङ्गले अनुगमन गर्नु पर्ने छ भने भन्सारमा पनि समस्याहरु रहेका छन् । त्यो समस्यालाई पनि सम्बोधन गर्नुपर्ने छ । त्यसैले सबै क्षेत्रमा जहाँ जहाँ समस्या छन्। त्यो समस्या समाधान गर्ने त्यसलाई समाधान गर्नका निम्ति आवश्यक पहलकदमी ढिलो नगरी गर्नु पर्ने आवश्यकता छ ।

विगतका सकारात्मक कामहरुलाई निरन्तरता दिँदै उद्योग व्यापारमा हाम्रा समस्याहरु कहाँ छन् । त्यसलाई पहिचान गरेर कमजोरीलाई सच्याउने समस्यालाई समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ । यसको लागि सरकारी निकायहरु उपभोक्तावादी संस्थाहरु विभिन्न उद्योग व्यवसायीहरुसँग छलफल गर्ने प्रभारम्भिक छलफल कार्यक्रमको शुरुवात हो । जसलाई समस्या परेको छ, जहाँ कानूनको उल्लङ्घन गर्ने र बेथितिलाई छुट नदिने गरी प्रभावकारी रुपमा कदम चाल्नुपर्ने अवस्था छ । सरकारले बजार अनुगमन,नक्कली वस्तु र कालोबजारीलाई कसरी नियन्त्रण गर्ने देखि उपभोक्ताले कसरी गुणस्तरिय वस्तु सामान सहज रुपमा उचित मूल्यमा उपलब्ध गराउने विषयमा सरकारी निकायहरुले दत्तचित भएर काम गर्नुपर्ने भएको छ ।’

उहाँले राज्यलाई सृदृढ बनाउने,अर्थतन्त्रलाई कसरी लयमा ल्याउनसक्ने र सबै कुरालाई समन्वयात्मक रुपमा अगाडि बढाउन सरकार लागि रहेको बताउनु भयो। उहाँले उद्योग व्यवसायमा अत्याधिक अनियमिता रहेको भन्दै उक्त बेथितिलाई सरकारले ठिक ढङ्गले अनुगमन गर्ने बताउनु भयो । 


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन