fbpx

होली माउण्टद्धारा बृद्धबृद्धालाई खाजा खाद्यान्य तथा नगद सहयोग

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले वृद्धवृद्धा सम्मान, खाजा, खाद्यान्य तथा नगद सहयोग गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विद्यालयले स्थानिय भण्डारीढिकको शिवेश्वर धर्म सनातन समितिमा दिवा सेवा रहेका ३७ जना वृद्धवृद्धालाई सम्मान, खाजा खाद्यान्य तथा नगद सहयोग गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिनुभयाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवेश्वर मन्दिर सञ्चालक समितिका अध्यक्ष देवमणि भण्डारीले विद्यालयको सहयोगले मन्दिरमा रहेका वृद्धवृद्धालाई भोजन गराउन सहयोग पुगेको बताउँदै आगमि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयाे ।

कार्यक्रममा विद्यालयका संयोजक जनक जमरकट्टेल, परीक्षा संयोजक प्रेम सुवेदीले पनि बोल्नुभएकाे थियाे । विद्यालयले विविध कार्यक्रमको आयोजना गरी यस वर्ष रजत जयन्ती मनाउन लागेको हो । विद्यालयले माघ १९ गते भव्य कार्यक्रमको आयोजना गरी रजत जयन्ती कार्यक्रम समापन गर्दै छ ।

रजत जयन्तीको अवसरमा वृक्षारोपण, चित्रकला, वृद्धाश्रम अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सास्कृति कार्यक्रम गरिने न्यौपानेले जानकारी दिनुभयाे । यसै सन्दर्भमा विद्यालयले माघ १८ गते वृहत स्वास्थ्य शिविरको अयोजना गर्न लागेको न्यौपानेले जानकारी दिनुभयाे।

रजत जयन्तीको अवसरमा विद्यालयले यसअघि जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियिोगिता सम्पन्न गरेको छ । स्थापनाको २५ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगितामा २४ विद्यालयका ४७ जना तथा विद्यालयको आन्तरिक तर्फ ४६ जनाको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले स्वागत र भाईस प्रिन्सिपल अनिता तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । २०५६ सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय विद्यार्थी र ४२ जना शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक