fbpx

मिथिलामा आज होली मनाइँदै, १२ बजेपछि मदिरा बेच्न नपाउने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । मिथिलामा आज होली मनाइएको छ । आज बुधवार मिथिला क्षेत्रका साथै मधेस प्रदेशका केही जिल्लाहरुमा होली मनाइएको हो ।

आज बुधवार मिथिला क्षेत्रका साथै मधेस प्रदेशका केही जिल्लाहरुमा होली मनाइएको हो । जनकपुरमा मध्यमा परिक्रमाको भोलिपल्ट मात्रै होली मनाउने गरिएअनुसार आज मात्रै होली मनाइएको जिल्ला प्रशासन कार्यालय धनुषाका पमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो ।

उहाँले मधेस प्रदेशका धेरै जिल्लाहरुमा आज हर्षोल्लासपूर्वक होली मनाइरहेको बताउनु भयो । होलीलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा बनाउनुका साथै १२ बजेपछि मदिरासम्बन्धी पसलहरु बन्द गर्न निर्देशन दिएको र जथाभावी होली खेल्नेहरुलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई निर्देशन दिइएको पनि बताउनु भयो । उहाँले आज बिहानैदेखि मालपुवा, दही लगायतका मिठा परिकारहरु खाएर होली मनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेस प्रदेशका धेरै जिल्लाहरुमा आज हर्षोल्लासपूर्वक होली मनाइरहेको छ । बिहानैदेखि मालपुवा, दही, मिठो, मिठो परिकार बनाइ खाएर मनाउँदै छौँ । होलीका लागि सभ्य, भव्य बनाउनका लागि सुरक्षा व्यवस्था कडा पारेका छौँ । १२ बजेपछि मदिरासम्बन्धी पसलहरु बन्द गर्न निर्देशन दिएका छौँ । जथाभावी होली खेल्नेहरुलाई नियन्त्रणमा लिइनेछ ।’

त्यस्तै स्थानीहरुले सबैकुरा बिर्सिएर एक अर्कामा रङ दलेर होली मनाउँदा खुशी लाग्ने गरेको बताए । उनीहरुले । १५ दिने मध्यमा परिक्रमा सकिएको भोलिपल्ट मनाउने परम्पराअनुसार आज होली मनाइरहेको बताए ।

उनीहरुले होेली पर्व असत्यमाथि सत्यको जितको रुपमा मनाउने वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्व रहेको बताए । देशका पहाडी भूभागमा भने फागुन २२ गते सोमवार होली मनाइएको थियो ।


काठमाडौं

मङ्लबार, अशोज २२, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन