भारतको कर्नाटकमा पनि एचएमपीभी भाइरसको सङ्क्रमण

author

समाचारपाटी

६ महिना अगाडि

काठमाडौं I भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस (एचएमपीभी) को सङ्क्रमण पुष्टि भएको छ। नियमित स्वास्थ्य जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले यो जानकारी दिएको हो।

सङ्क्रमित बालबालिकामध्ये तीन महिनाकी बालिका उपचारपछि घर फर्किसकेकी छिन् भने आठ महिनाको बालक अहिले बेङ्गलुरुको अस्पतालमा उपचाररत छन्। बालकको अवस्था स्थिर रहेको र उनलाई डाक्टरहरूको निगरानीमा राखिएको छ।

कर्नाटकको स्वास्थ्य मन्त्रालयले हालसम्म यो सङ्क्रमणलाई लिएर गम्भीर चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएको छ। केन्द्र सरकारले विशेष निगरानी र जाँचका लागि कुनै विशेष निर्देशन नदिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्यमन्त्री दिनेश गुंडूले भारतमा पहिले पनि एचएमपीभी सङ्क्रमण देखिँदै आएको र बालबालिकाहरू यो भाइरसबाट प्रभावित हुने गरेको जानकारी दिनुभयो।

त्यस्तै, चीनमा पनि एचएमपीभी भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ। कोरोना भाइरस जस्तै लक्षण देखिने यो सङ्क्रमणबाट साना बालबालिका र कमजोर स्वास्थ्य भएका वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा रहेको बताइएको छ। चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले यस भाइरसबाट सङ्क्रमितमा खोकी, ज्वरो, नाक बन्द हुने, र घाँटीमा समस्या देखिने लक्षणहरू रहेको जानकारी दिएको छ।

सन् २००१ मा पहिलो पटक फेला परेको एचएमपीभी भाइरस सबै मौसममा जीवित रहन सक्ने भए पनि चिसो मौसममा फैलिने सम्भावना बढी हुने चिकित्सकहरूले बताएका छन्।

स्वास्थ्यकर्मीहरूले ब्रोन्काइटिस र निमोनिया जस्ता गम्भीर समस्या हुनसक्ने चेतावनी दिँदै, सतर्कता अपनाउन आग्रह गरेका छन्।


काठमाडौं

शनिबार, असार २८, २०८२

२१.२८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन